सुनकोशीमा बिज्ञापनमा वेथिति, प्रेस सल्लाहकारको कम्पनीलाई नौ लाख बढी भुक्तानी

43.8K
shares
Nabil bank

 

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले गत आर्थिक वर्षमा १४ लाख भन्दा धेरै पैसा विज्ञापनमै खर्च गरेको छ । जसमा एउटै कम्पनीलाई पटक पटक भुक्तानी गरेको देखिन्छ । छ वटा ठूला शीर्षकको रकम सिन्धु एकता मिडिया प्रालिले भुक्तानी लिएको छ ।

 

 

उक्त कम्पनी अध्यक्षको प्रेस सल्लाहकार भनेर नियुक्त लिएका दिनेश थापाको रहेको खुलेको छ । प्रेस सल्लाहकारको नियुक्ति लिएपनि सरोकारवाला निकायले अवैध भनेपछि नियुक्ति खारेज भएको थियो । साथै लिएको तलवसमेत अध्यक्ष टेपेन्द्रप्रसाद तिमिल्सिनाले आफ्नै खाताबाट फिर्ता गरेको गाउँपालिकामा कार्यरत एक कर्मचारीले जानकारी दिए ।

 

 

झण्डै नौ लाख रुपैयाँ बिभिन्न शीर्षकमा सिन्धु एकता मिडिया प्रालिले भुक्तानी लिएको छ । यसलाई महालेखा परीक्षकको कार्यालयले अवैध भनेको छ । नीतिगत रुपमा प्रकृया पुरा नगरी भुक्तानी लिएको उल्लेख गरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x