इटालीले स्वीट्जरल्याण्डमाथि शानदार जित

13.2K
shares
Nabil bank

काठमाडौँ । युरोकप अन्तर्गत इटालीले स्वीट्जरल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

 

इटालीका लागि म्यानुएल लोकेटेल्लीले २६औँ र ५२औँ मिनेटमा र सिरो इम्मोबिलले ८९औँ मिनेटमा गोल गरे । समूह ए मा रहेको इटालीले अघिल्लो खेलमा पनि टर्कीलाई ३-० ले नै हराएको थियो । स्वीटजरल्याण्डले वेल्ससँग १-१ को बराबरी खेलेको थियो ।

 

यो जितसँगै इटाली युरो कपमा अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । अब इटालीले वेल्ससँग खेल्न बाँकी छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x