लघुकथा : राजा

858
shares

 

 

 

एउटा जङ्गलको प्रान्तमा हल्लाखल्ला मच्चियो ।

 

अब के गर्ने ?  एउटा पुस्ताले अन्याय, थिचोमिचोको जोडदार विरोध गर्यो । जङ्गलको भौतिक क्षति निकै भयो ।

 

अर्को जङ्गलको प्रान्त पनि टुलुटुलु हेरेर बस्न सकेको थिएन । जङ्गियो , त्यहाँ नि विरोधको ज्वाला दन्कियो । ठाउँ- ठाउँमा एकै पुस्ताले सबैलाई सोच्न बाध्य बनाए ।

 

जङ्गलमा खैलाबैला मच्चियो । साना ठुला सबै जनावरहरू बैठक बस्ने निर्णय गरे । नाइकेले बैठक आह्वान गर्यो, बसे पनि । जङ्गलको शासक को हुने ? भन्ने विषयमा चर्काचर्की चल्यो । छुचुन्द्रो  हात उठाउँदै, ” म बन्छु, युग बदल्छु, छाती फुलाउँदै सहजै जवाफ दियो ।” उपस्थित मुसा र छुचुन्द्राले समर्थन जनाए ।

 

त्यो सुनेर स्यालहरू कराउन थाले । एउटाले भन्यो,  ” म बन्छु ।” स्यालहरूले सहमति दिए ।

 

बाँदर रूखको एउटा हाँगाबाट अर्को हाँगामा मच्चिदै , ” म बन्छु भन्दै हात उठायो ।” त्यतिकैमा बाघ गर्जिएर भन्यो,  ” भुसुनाले नेतृत्व लिन सक्दैनन् ,  म बन्छु ।” सिंह झन के कम ? ऊ जङ्गिदै  भन्यो,  ” रात रहे अग्राख पलाउँछ,  जङ्गलको नेतृत्व म गर्छु ।” उसले इच्छा जाहेरी गर्यो ।

 

असामान्य स्थिति सिर्जना भएको देखेर नाइकेलाई थेग्न हम्मेहम्मे पर्यो । शान्त बनाउँदै, “घर फुटे गँवार लुटे, योग्य र कुशलताले निपुण नेतृत्व गर्न सक्ने राजा हुनेछ  ।” उसले ठाडै आदेश दियो ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals