दैलेखका लेखा अधिकृत घुससहित पक्राउ
वि.सं.२०८२ असोज ३ शुक्रवार
16.1K
shares
shares
दैलेख । दैलेख जिल्लाको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंक बहादुर कार्कीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
कार्कीले सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु. १,००,००० (एक लाख रुपैयाँ) घुस मागेको उजुरी परेको थियो । उजुरीको आधारमा आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार कार्की सेवाग्राहीसँग सो घुस रकम लिँदै गर्दा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–९ मंगलगाढी चोकमा पक्राउ परेका हुन् । बरामद गरिएको रकमसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Subscribe
0 Comments
Oldest

































