ज्यालादारी मजदुरको दशै खोस्ने सडक डिभिजन काठमाडौका सुवोध देवकोटा

16.4K
shares

 

काठमाडौं ।सडक डिभिजन कार्यालय काठमाडौंमा नियम कानुनबिपरीत सरुवा भएका सुवोध देवकोटाले ज्यालादारी मजदुर निकालेर आफू मस्ती गरिरहेका छन् । हरेक कार्यालयमा विवादित छवि बनाएका देवकोटा कर्मचारी सगठनको आडमा अकूत आर्जन गर्नेमा पर्दछन ।

 

 

अचम्मको कुरा उनै मजदुरले पाउने तलव बाट उनले आफ्नै गुणगानमा पाटी गरेको एक कर्मचारी बताउँछन् ।

 

 

देवकोटा नुवाकोट डिभिजनबाट काठमाडौं डिभिजनमा आउने वित्तिकै उनले १८ बर्षसम्म सडक डिभिजनमा निरन्तर काम गरेका मजुदरलाई जागिरबाट निकालेका हुन । ती मजदुर निम्नस्तरका थिए । सडक डिभिजनमा जागिर खाएबापत उनीहरुको परिवार पालिएको थियो । एउटा व्यक्तिको भरमा परिवारका ३/४ जना सदस्य निर्भर थिए । तर अत्यन्त सामन्ती स्वभाव भएका देवकोटालाई यो विषयले छोएन । उल्टै जागिरबाट निकालिएका मजदुरहरुलाई केही बोलेमा खतरा हुन्छ भन्दै धम्की दिएका छन् । खतरा भन्ने शब्दले मजदुरहरु दशैंको बेलामा के हुने हो भन्ने चिन्तामा छन् । त्यसैले उनीहरु केही बोल्न चाहन्नन् । उनीहरुलाई दशैंले छाएको छैन, के हुने हो भन्ने चिन्ताले सताएको छ ।

 

 

देवकोटाले ३० जना ज्यालादारी कर्मचारी निकाले, ‘यो मेरो ठूलो उपलब्धी हो’ भन्दै मन्त्रालयका सचिव केशव शर्मालाई भन्न भ्याइसकेका छन् । मन्त्रालयका एक कर्मचारी भन्छन्– सरकार भनेको अभिभावक पनि हो । सरकारमा देवकोटाको जति हिस्सा छ, त्यति नै अधिकार जागिरबाट निकालिएका मजदुरहरुको पनि छ । तर अफसोच, देवकोटा जहाँ जान्छन्, करोडौंको भ्रष्टाचार गर्छन् । अनियमितता र भ्रष्टाचार गरेबाापत उनलाई सँजाय हुँदैन । किनभने उनले जहाँतहीँ सेटिङ मिलाएका हुन्छन् ।

 

 

जागिरबाट निकालेका करिब ३० जना मजदुरमध्ये केहीलाई फेरि भर्ना गर्छु भनी आश्वासन दिएका छन् । त्यसैले फेरि भर्ना हुने आशामा मजदुरहरु देवकाटाको विरुद्ध देखिनेगरी बोल्न चाहँदैनन् । यो देवकोटाको चलाखी हो– एक कर्मचारी भन्छन् । देवकोटा एकदमै विवादित कर्मचारी हुन् । मन्त्रालयका सचिव शर्मालाई आर्थिक प्रलोभनमा पारेर काठमाडौं डिभिजनमा आउन सफल भएका छन् ।

 

 

एक कर्मचारी भन्छन्–काठमाडौं सडक डिभिजनमा कार्यरत ज्यालादारी मजदुरहरुलाई तलब दिन पैसाको व्यवस्था छ । तर देवकोटाले मजदुर निकाले । निम्नस्तरका ज्यालादारी मजदुरलाई समेत जागिरबाट निकाले । निम्नस्तरका मदजुरहरुलाई बिचल्लीमा पारेर उल्टै सरकारको यति पैसा जोगाएँ भनेर प्रचार गर्दै हिंड्नु एउटा अक्षम्य अपराध हो भन्नेहरु धेरै छन् ।

 

 

देवकोटा सडक बिभाग अन्तर्गत सधैं आकर्षक डिभिजन र आयोजनामा बसी अकूत कमाउनेमा पहिलो नम्बरमा नै पर्दछन् ।

Hams Hospitals