मलेसियामाथि शानदार जित — नेपाली महिला टिम टि–२० सेमिफाइनलमा
वि.सं.२०८२ असोज २२ बुधवार
shares
काठमाडौं । अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टोली टि–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस जितसँगै नेपालले समूह ‘बी’ को खेलमा ४ अंक जोड्न सफल भएको छ । नेपालले मलेसियालाई ३–२ ले हराएको हो।
पाँच खेलको समूह चरणको पहिलो खेलमा नेपाल मलेसियासँग ३ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले सिंगापुरलाई ८३ रनले र तेस्रो खेलमा भुटानलाई ६ विकेटले हराएको थियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर ८७ रन मात्र बनाएको थियो।
नेपालका बलरहरू उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई दबाबमा राख्न सफल भए। नेपालका सिता राना मगरले ३ ओभरमा २४ रन दिएर १ विकेट, काब्या पुडासैनीले २ विकेट, इन्दु बर्माले १ विकेट र अस्मिता खत्रीले २ विकेट लिइन्।
८८ रनको लक्ष्य नेपालले १३.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। क्याप्टेन बिन्दु रावलले ३३ रन र सनुजा भुजेलले २५ रन बनाइन्।
यस जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ र अब फाइनल प्रवेशका लागि भिड्नेछ।































