नेपालको विजयी सुरुवात: कुवेतविरुद्ध पहिलो खेलमा शानदार जित

22.4K
shares
Nabil bank

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ ।

 

छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्‍यो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रनमा समेटियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए।

 

बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २-२, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट लिए ।

 

 

 

त्यसअघि ओमनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले संयमित ब्याटिङ गरे ।

 

एकातर्फ लगातार विकेट गैरहेको अवस्थामा कुशलले नेपालको स्कोरलाई माथी उठाए । उनले ५६ बलमा ६६ रनको योगदान दिए ।

 

गुल्सन झाले आक्रमण ब्याटिङ गरे । उनले ६ बलमा २० रन बनाए । आसिफ शेख २, कप्तान रोहित पौडेल १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए। बलिङमा कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले

 

समान २-२ विकेट लिएका थिए । नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसंग खेल्नेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x