सिर्जनशील चेतनाको प्रतिबिम्ब(कविता)

1.6K
shares

 

✍️ तोमनाथ उप्रेती

नाफाका नदिमा डुङ्गा तर्ने
रुपियाँको धारा, अनन्त, प्रवाहित
स्विफ्टको नाक बन्द, बैंकको ढोका थुनेर
रुस–भियतनामको खेल
जंगलमा सर्प झैँ फिँजिएको
तर यो युद्ध केवल बाह्य होइन
मनको छायामा पनि उस्तै फिँजिन्छ।

 

 

ट्यान्क र जहाजले हावामा गीत गाउँछन्
तर साँचो शक्ति त चेतनाको डोरीमा बाँधिएको छ
नगदले होइन, विवेकले
नाफा होइन, न्यायले बाँध्छ संसारको मूल।

 

 

भियतनाम, दक्षिण चीनको समुद्रमा
पानीमाथि आफ्ना सेनालाई ढाल बनाइरहेको छ
रुसको हावामा लडाकू विमान
जस्तै छायामा लुकेको बाघ
तर यसको वास्तविक खेल छ
सत्य, धैर्यता, र आत्म–समान्वयको नृत्य।

 

 

अमेरिका, हातमा भन्सारको ढाल लिएर
चुपचाप चेतावनी बोकेर उभिएको
तर नियम बाह्य मात्र हुन्
साँचो नियम त चेतना र विवेकको अदृश्य मार्गमा छ।

 

 

अफसेटको त्यो नृत्य
नाफा र शक्ति एउटै धुनमा नाच्छन्
तर आत्मशुद्धि, संयम र करुणाको बीउ
अन्धकारमा पनि चम्किन्छ।

 

 

पुटिन आए, हनोईमा हात मिलाउँदै
ऊर्जाको सम्झौता, नयाँ ढोका खोल्दै
तर वास्तविक शक्ति त
सहयोग, न्याय र आध्यात्मिक दृष्टिमा बाँधिएको छ।

 

 

यो युद्ध केवल सीमामा छैन
तर हरेक हृदय, हरेक मन, हरेक आत्मामा
जहाँ हरेक कागजात, हरेक हस्ताक्षर
सिर्जनशील चेतनाको प्रतिबिम्ब बन्छ।

 

civil hospital
Hams Hospitals