लिग–२ का लागि नेपाली टोली घोषणा: रोहित पौडेल कप्तान, भीम सार्की, अनिल शाह र शाहब आलमको पुनरागमन
वि.सं.२०८२ कात्तिक १ शनिवार
22.9K
shares
shares
काठमाडौं । युएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
युएई र अमेरिकासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टी–२० विश्वकप छनोट खेल्ने टोलीमा रहेका आदिल आलम, सन्दीप जोरा र लोकेश बम लिग–२ सिरिजमा परेका छैनन् ।
उनीहरुको ठाउँमा भीम सार्की, अनिल शाह र शाहब आलम टोलीमा समेटिएका छन् । लिग–२ को सिरिज अक्टुबर २६ देखि नोभेम्बर ५ सम्म हुनेछ ।
Subscribe
0 Comments
Oldest































