आयोजना अनुगमनका नाममा सेलिब्रेटी बन्दै मन्त्री कुलमानः शहरी र भौतिकमा पुरानैसँग भुलमान
वि.सं.२०८२ कात्तिक ८ शनिवार
shares
काठमाडौँ । जेनजी आन्दोलनपछि मन्त्रीको चिठ्ठा परेका कुलमान घिसिङले पछिल्ला दिनमा आयोजना अनुगमनका नाममा ‘सेलिब्रेटी’ बन्ने दौड सुरु गरेका छन् । भौतिक पूर्वाधार, सहरी विकास तथा उर्जा मन्त्रालयका परियोजनाहरूमा फोटो खिच्ने र भिडियो क्लिपमा व्यस्त उनले, पुरानै सचिव, सहसचिव, महानिर्देशक र उपमहानिर्देशकहरूसँग मिलेमतो गर्दै सुशासनको नाममा पुरानै शैली दोहो¥याइरहेको आरोप छ ।
सहरी विकास मन्त्रालयमा उनले तत्कालीन मन्त्री प्रकाशमान सिंहको कार्यशैलीकै निरन्तरता दिँदै, त्यही टोलीका अधिकारीसँग सुझाब मिलाएर निर्णय लिइरहेका छन् । यस भित्री रुपमा साँठगाँठ रहेको आशंका पैदा भएको छ । यो कार्यले केही परिवर्तनको आशमा रहेका कर्मचारीहरु चकित परेका छन् ।
भाद्र २३ र २४ को आन्दोलन सम्झिँदा अझै शरीर काप्छ । धेरै युवाको मृत्यु, नाबालकहरूमा गोली प्रहार, सयौँ घाइते र सहिद परिवारको पीडा छ । ती घाउ अझै पुरिएका छैनन् । तर, यिनै जनआन्दोलनको बलमा बनेको सरकारले सुशासन र पारदर्शिताको उदाहरण दिनुपर्ने बेला उल्टै चमक–दमक र प्रचारमा रमाइरहेको कर्मचारीहरु नै बताईरहेका छन् ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, अहिले उर्जा मन्त्री, भौतिक तथा सहरी विकास मन्त्री पनि वनेका छन् । विगतमा वाहवाही पाएका मन्त्री अहिले क्यामरामा मुस्कुराउने र मन्त्रालयका उपलब्धीहरू प्रदर्शन गर्ने अभियानमा देखिन्छन् । उनले मन्त्रालय प्रवेश गरेसँगै उर्जा, जलस्रोत र सिँचाइ विभागका दर्जनौँ अधिकारीहरूको हेरफेर र सरुवा गरेर आफ्नो प्रभाव जमाएका छन् । प्रतिशोध र अवसरवाद दुबैको आभास दिने यस्ता कदमले उनी जनसेवकभन्दा बढी ‘सेलिब्रेटि मन्त्री’ को भूमिकामा सीमित भएको टिप्पणी हुन थालेको छ।
शहरी विकास मन्त्रालयको आयोजनाहरूमा तामझामका साथ अनुगमन, क्रिकेट मैदान र संसद भवनको साइट भ्रमण भइरहेको छ । तर क्षतिको वास्तविक विवरण नल्याई सिँहदरबारमा रंगरोगन गर्नुले पनि उनको असली नियमा शंका उत्पन्न भएको छ । जनताको दुःख, जनधनको क्षति र पुनर्निर्माणको कार्यतालिकाभन्दा प्रचारमूलक गतिविधि बढी देखिन्छ ।
आन्दोलनमा सयौँ परिवारले गुमाएका आफ्ना सदस्य, नष्ट भएका ६ सय ६८ सरकारी कार्यालय, ३ सय ८ प्रहरी कार्यालय, २ सय भन्दा बढी व्यापारी भवनको तथ्यहरू राज्यका प्राथमिकताबाट हराइरहेको देखिन्छ । तर, मन्त्री घिसिङ सामाजिक सञ्जाल र मिडियामा ‘सेलिब्रेटि इमेज’ बनाउन व्यस्त छन् ।
सहरी विकास मन्त्रालयमा उनी पुरानै सचिव गोपाल सिग्देल, सहसचिव नारायण मैनाली, महानिर्देशक मचाकाजी महर्जन, उपमहानिर्देशक प्रकृण तुलाधरकै चंगुलमा फसिरहेका छन् । जसको नियुक्ति र प्रभाव पुराना शक्तिकेन्द्रसँग जोडिएको स्पष्ट छ । कांग्रस, एमाले र अन्य शक्तिहरूबीचको मिलेमतोका कारण नै उनीहरू निरन्तर टिकिरहको हुन् । तर, परिवर्तनपछि पनि मन्त्री कुलमानलाई उनीहरुले भुलाइ रहेका छन् । मन्त्री पनि उनीहरुको मिष्ठान्नमा मख्ख छन् ।
कुलमान घिसिङलाई अब जनताभन्दा प्रचार र पोजमा बढी रुचि रहेको आरोप छ । जनताको सरकार भनेका मन्त्रीहरू जब सेलिब्रेटि बन्ने मोहमा फस्छन्, तब शहिदहरूको सपना र सुशासनको लक्ष्य ओझेलमा पर्छ । आज पनि शहिद परिवार र घाइतेहरू असहाय छन्, युवाहरू विदेशतिर लागिरहेका छन्, तर मन्त्रीहरू पुरानै घेरामा रमाइरहेका छन् ।
कुलमानको पुरानैसँग साँठगाठ तिहार पछि जेनजी कर्मचारीले कडा आन्दोलन गर्ने
































