मुकुन्दसेन दरबारको परिचय

23.9K
shares
Nabil bank

सेनवंशी राजाहरूले पाल्पा क्षेत्रलाई धार्मिक राजनैतिक एवम् कुटनीतिमा अब्बल राज्यका रुपमा दक्षिण एसियामा चिनाएको पाइन्छ। पाल्पाली सेनहरूको वंशलाई नियाल्दा भारत, चितौरको सिसौदियाबाट आएको पाइन्छ । नवलपुरमा रहेको मुकुन्दसेन दरबार पनि सेनकालीन इतिहाससँग जोडिएको पाइन्छ।

 

विक्रम संवत्  १५७५  सालदे‌खि १६१० सम्मका पाल्पाका राजा मणिमुकुन्दसेनले शासन सञ्चालन गरेका थिए । मुकुन्दसेन तत्कालीन पाल्पाका  राजा रूद्रसेनका छोरा  थिए । उनी बीस वर्षमा राजा बनेका थिए । मुकुन्दसेन दरबारले ऐतिहासिक, पुरातात्त्विक,धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको पाइन्छ । उक्त स्थान गैंडाकोट वार्ड नं. ११ र ३ को सिमानामा पर्ने उत्तरतर्फको अग्लो डाँडोमा पाल्पाका राजा मणिमुकुन्दसेनले स्थापना गरेका थिए। उक्त ठाउँमा मन्दिर निर्माण गरिएको छ भने मुर्ति  भग्नावशेष‌का रूपमा रहेको पाइन्छ। उक्त दरबार, डाँडामा रहेकाले यहाँबाट देखिने तराईका सम्म फाँटको दृश्यले पर्यटकहरूको ध्यान खिँचेको पाइन्छ।

 

वि.सं. २०७६  साल जेष्ठ १९ गतेदेखि मौलाकालिका मन्दिर र मुकुन्दसेन दरबारको भग्नावशेष परिसरमा पर्यटकीय सम्भावना रहेकाले पर्यटकीय पदमार्ग खुल्ला गरिएको हो । मौलाकालिका मन्दिरबाट पश्चिमतर्फ डाँडाको शिरैशिर १३.५ किलोमिटरको दुरीमा उक्त दरबार‌को अवलोकन गर्न सकिने भग्नावशेष परिसर रहेको छ । मुकुन्दसेनले नै मौलो गाडेर स्थापना गरेको मौलाकालिका मन्दिरदेखि मुकुन्दसेन दरबारसम्मको बाटोको सुगमता, पर्यटकीय पदमार्गले आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउँन सकिने सम्भावना रहेको पाइन्छ ।

 

पाल्पाका राजा मुकुन्दसेनले आफ्‌नो सैनिक टुकडीका साथ देवघाट तीर्थ आउँने क्रममा बास बस्न सहज होस् भनि सैनिक सुरक्षाका खातिर उक्त दरबार बनाएका थिए भन्ने किंवदन्ती पाइन्छ। डाँडोमा अवस्थित मुकुन्दसेन मन्दिर धार्मिक महत्त्वका साथै पद‌यात्रीका लागि पनि एक सुन्दर पर्यटकीय गन्तव्य बन्न सक्छ । अर्को महत्त्वपूर्ण विशेषतामा त्यहाँ वनविहार गर्नुका साथै साल लगायत विभिन्न किसिमका रूख देख्न सकिने चराचुरुङ्‌गीहरूको चिरबिर आवाजको आनन्दसँगै आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना  रहेको पाइन्छ ।

 

उनी वीर प्रतापी राजा हुनुका साथै धार्मिक

साँस्कृतिकमा मर्मज्ञ पनि थिए। विजयका क्रममा  ध्वंसात्मक देखिएता पनि वास्तवमा उनी धार्मिक प्रकृतिका थिए। उनले जुन-जुन क्षेत्रमा विजय हासिल गर्थे, त्यहाँ-त्यहाँ देवी-देवताका मठमन्दिर बनाई  उच्च सम्मान र आदरका दृष्टि‌कोणले हेर्ने गर्दथे विजय गरी ल्याएको मूर्तिहरुलाई प्रतिष्ठित गर्ने गर्दथे । काठमाडौं,रातो मच्चिन्द्रनाथबाट ल्याएको काल भैरवको अपूर्व मूर्तिलाई पाल्पाको भैरवनाथको रुप‌मा स्थापित गरी त्यहाँको आराध्य देव बनाएका थिए । त्यस्तै गरी रूरू क्षेत्र गुल्मीमा चर्तुबाहु, श्री विष्णुको मूर्ति प्रतिष्ठित गरी ऋषिकेशको मन्दिर बनाए भने देवघाटमा मुकुन्देश्वर महादेव,गणेश,विष्णु,सूर्य र भगवतीका मन्दिरहरू बनाई मूर्तिहरू स्थापना गरेर स्थायी पूजाआजाका लागि गुठीको पनि व्यवस्था गरेका थिए । वि. सं. १६१० मा राजकाज त्यागी त्रिशूली र कालीको दोभान,पवित्र तीर्थस्थल देवघाटमा १२ वर्ष तपस्या गरेर बिताए, भने उनको १६२२ सालमा देहावसान भएको थियो ।

 

डाँडाको दर‌बारबाट देखिने सुन्दर मनमोहक दृश्यले जो कोहीको पनि मन लोभ्याउँछ। पुरातात्त्विक,  सांस्कृतिक महत्त्वको दृष्टिकोणले महत्त्वपूर्ण ठाउँ रहेको पाइन्छ । शिव पार्वतीको मूर्ति रहेको उक्त ठाउँ अवलोकन गरी त्यहाँको संस्कार र संस्कृतिको खोजी एवम् महत्त्वको संवर्धन एवम् प्रवर्धन गर्नु आवश्यक रहन्छ । मौलाकालिका मन्दिरदेखि पदयात्राका लागि बाटो बनाई मुकुन्दसेन दरबारलाई पनि  विकास गर्न सकिनुका साथै पर्यटकीय यात्रा, वरिपरिको पर्यावरणीय दृश्यको अवलोकन गरी आन्तरिक एवम् बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्य  बनाउन सकिने सम्भावना रहेको पाइन्छ ।

 

मुकुन्दसेन दरबारको प्रचारप्रसार गर्न स्थानीय निकाय, स्थानीय  बासिन्दा र सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ । ऐतिहासिक, पुरातात्त्विक, धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको उक्त स्थानको संरक्षण गरी ओझेलमा परेको दरबारको आवश्यक प्रचार गर्नुपर्छ । यसका लागि सम्बन्धित निकाय र सरोकारवालाको ध्यान जानु आवश्यक रहन्छ ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x