लघुकथा : परिस्थिति

1.5K
shares

पैसा फिर्ता गर्नु पर्दैन ।

साथीहरूका बीच गफ्फिएको बेलामा सुरेश एक्कासी रिसाएर भन्यो, ” न फोन उठाउँछ, न त म्यासेज नै हेर्छ ।” रवाफिलो स्वरमा ऊ बोल्यो

बालापनदेखि सङ्गै खेलेका साथी सुरेश र रमेश थिए । सबै कुरामा मिले पनि सम्पत्तिको विषयमा यदाकदा मैहुमको फुर्ती देखाइ हाल्थ्यो, सुरेश ।

मनले बुझे पनि नबुझे जस्तो गरिरहन्थ्यो, रमेश । उसैको काम गरिदिने, मेलापात, खेती बारीमा हरबखत सघाउँन पछि पर्दैन्थ्यो । उसको दाहिने हात नै भएको थियो, रमेश ।

उसकी जहानले सम्झाउँथी, ” अर्काको गोठालो भएर बस्नु भन्दा केही इलम गरे हुदैन । नत कहिल्यै देख्ने हो, न राम्रो भन्छ, सधैंको चाकरी, यस्तै-यस्तै ।”

 

रमेश,  ” के गर्छेस त पैसा पनि हुनुपर्यो, छैन, आँफू निम्छरो भएपछि कस्को के लाग्छ ? चाडबाड आउँछन् हात फैलाउँनु पर्छ ।” उसले खुइ..य गर्दै भन्यो

आज दाइँ हाल्ने भनेको छ, म एकछिन गएर आउँछु नत्र रिसाउँछ भन्दै निस्कियो, रमेश । ऊ भान्सामा पसी ।

फर्किएर, घैँटाको चिसो पानी ल्याऊ त भन्दै पिँढीमा बस्यो र टोपीले पसिना पुछ्दै कलकल पानी पियो

 

सबै परिस्थिति नियाली रहेको छोराले बाबाको मुहार गम्भीरतापूर्वक हेर्दै भन्यो, ” जति व्यवस्था परिवर्तन भए पनि धनी र गरिब बीच विभेदको खाडल कहिले पुरिन्छ, बाबा ?”

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals