वेंकट वंसीधर कुंचा नेपाल एसबिआई बैंकका अध्यक्षमा चयन

1K
shares

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिले स्टेट बैंक अफ इण्डियाका प्रतिनिधि वेंकट वंसीधर कुंचालाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ।मंगलवार बसेको बैंकको ५३६औँ सञ्चालक समिति बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो।

नवनियुक्त अध्यक्ष कुंचाले शुक्रबार नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथ ग्रहण समारोह नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा सम्पन्न भएको थियो।

कार्यक्रममा डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई र शरण कुमार अधिकारी सहभागी थिए।

त्यस्तै, नेपाल एसबिआई बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती र डा. गोपाल प्रसाद भट्ट, साथै बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, र कम्पनी सचिव खगेश्वर भट्टलगायत अधिकारीहरू पनि उपस्थित थिए।

कुंचा हाल स्टेट बैंक अफ इण्डिया (SBI) को मुम्बईस्थित प्रधान कार्यालयमा अन्तर्राष्ट्रिय बैंकिङ समूहका मुख्य महाप्रबन्धकका रूपमा कार्यरत छन्। उनले एसबीआईको २९ देशमा फैलिएको अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित कार्यहरू सम्हाल्दै आएका छन्।

civil hospital
Hams Hospitals