सिप्रदी ट्रेडिङको व्यापार ३०% ले बढ्यो,टाटा सवारी साधनको बिक्री वृद्धि

1.4K
shares

काठमाडौं नेपाली बजारमा टाटा ब्रान्डको सवारी साधन आयात गरी बिक्री वितरण गर्दै आएको सिप्रदी ट्रेडिङको व्यापार ३० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनमा सन् २०२५ मा ३० प्रतिशतले बढेको हो ।

 

सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा २९.५८ प्रतिशत बढी हो । गत वर्ष पनि कम्पनीले १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा १८ करोड ३० करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

 

गत आवमा कम्पनीले गरेको व्यापारमध्ये ६९ प्रतिशत व्यापार व्यवसायिक सवारी साधनबाट भएको छ । साथै, उक्त सवारी साधनको सेग्मेन्टले नेपाली बजारको ६० देखि ६५ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ । कम्पनीले पेट्रोलियम पदार्थको सवारी साधनसँगै विद्युतीय सवारी साधनको पनि व्यापार गर्दै आएको छ ।

 

सन् १९७९ मा स्थापना भएको कम्पनी टाटा ब्रान्डको सवारी साधन आयात तथा बिक्री गर्ने नेपालको लागि आधिकारिक बिक्रेता हो ।  यस कम्पनीले अल्पकालीन कर्जाका लागि १३ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।कम्पनीले सन् १९८२ देखि व्यवसायिक सवारी साधन र सन् १९९२ देखि यात्रुवाहक सवारी साधन बिक्री वितरण गर्दै आएको छ । त्यससँगै कम्पनीले सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि मक लुब्रिक्यान्टको व्यापार गर्दै आएको छ ।

 

सिप्रदीले चार आफ्नै सोरूम, १४ डिलर र देशभरका बिक्री केन्द्रमार्फत बिक्री नेटवर्क सञ्चालन गर्छ । कम्पनीले सवारीसाधन बाहेक ब्याट्री, लुब्रिकेन्ट्स पनि बिक्री वितरण गर्दै आएको छ । यसका साथै विभिन्न कार्यशाला सेवाबाट पनि आम्दानी हुने कम्पनीले जनाएको छ ।

 

नेपालको अटो बजारमा टाटा ब्रान्ड आफ्नो मजबुत उपस्थिति पुष्टि गर्दै आइरहेको छ । विशेष गरी सिप्रदीले वितरण गर्दै आएको टाटाका विद्युतीय (ईभी) मोडेलहरु नेपाली ग्राहक माझ उच्च लोकप्रियता हासिल गरिरहेका छन् । पन्च ईभी, टियागो ईभी, कर्भ ईभी, नेक्सन ईभी के–३ लगायतका आधुनिक विद्युतीय कारहरु र इन्धन प्रयोग गर्ने गाडीहरु सुरक्षित संरचना, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधि सहित प्रस्तुत भएका कारण ग्राहकहरुको रोजाइमा परेका हुन् । यसले सिप्रदीलाई बजारमा महत्वपूर्ण प्रतिस्पर्धात्मक लाभ दिलाएको छ ।

 

पछिल्लो समय कम्पनीको सञ्चालन नाफा मार्जिन पनि केही सुधार भएर सन् २०२५ मा करिब २.७ प्रतिशत पुगेको छ, जुन आर्थिक वर्ष २०२४ मा २.२ प्रतिशत थियो । साथै, ब्याजदर घट्दै गएको र ऋणस्तर कम भएको कारणले वित्तीय लागत घटेको छ र सञ्चालन बाहेकको आम्दानीमा सुधार आएपछि कम्पनीका ऋण भुक्तानी सम्बन्धी सूचकहरूमा पनि सकारात्मक प्रभाव परेको छ ।

 

कम्पनी नेपालमा टाटा ब्रान्डका सवारीसाधनहरू (व्यावसायिक सवारीसाधन १९८२ देखि र निजी सवारीसाधन १९९२ देखि) एकसाइड ब्याट्री (सन् २००० देखि) र म्याक लुब्रिकेन्ट (सन् २००२ देखि) का एकमात्र आधिकारिक वितरक हो । राजनबाबु श्रेष्ठ ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् भने  सिद्धार्थ राणा कम्पनीका अध्यक्ष छन् ।

civil hospital
Hams Hospitals