वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा प्रवेश
वि.सं.२०७८ असार १३ आइतवार
shares
नेदरल्याण्ड्सको आम्स्टर्डममा रहेको आम्स्टर्डम अरिनामा शुक्रबार राति सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

डेनमार्कको जितमा कास्पर डोल्बर्गले दुई तथा जोकि माहिलले एक गोल गरेका हुन् ।
खेलको इन्जयुरी समयमा मार्टिन ब्रेथवेटको गोललाई भिएआरले मान्यता दिएपछि डेनमार्कले ४-० गोल अन्तरले अगाडि रह्याे ।

वेल्समाथि शानदार जित निकाल्दै डेनमार्क युइएफए युरो कप २०२० को क्वार्टरफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको छ ।
खेलको अन्तिम मिनटमा ह्यारी विल्सनलाई फाउल गर्दा रेफ्रिले सिधा रातो कार्ड दिदाँ वेल्स १० खेलाडीमा सिमित बन्न पुग्यो ।

वेल्समाथि डेनमार्कको ११औं पटक खेल हुदाँ याे सातौं जित हो, भने वेल्सले जम्मा ४ पटक मात्र डेनमार्क माथि जित हासिल गरेको छ ।
डेनमार्क समुह बीकाे उपविजेता हाे ,भने वेल्स समुह ए काे विजेता हाे ।
































