एसीसी यू-१९ प्रिमियर कप : नेपालले साउदीविरुद्ध पहिला फिल्डिङ गर्ने
वि.सं.२०८२ मंसिर ९ मंगलवार
14.4K
shares
shares
काठमाडौं । एसीसी यु-१९ प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा जारी कपमा साउदी अरेबियाविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
डिसेम्बर १ सम्म हुने कपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसहित हङकङ र साउदी अरेबिया छन् । यस प्रतियोगितामा १४ देश सहभागी छन् । शीर्ष ३ देश यू-१९ एशिया कपमा छनोट हुनेछन् ।
Subscribe
0 Comments
Oldest































