स्वरसम्राट् नारायणगोपालको ३५ औँ स्मृति दिवस : कार्यक्रममार्फत देशभर सम्झना
वि.सं.२०८२ मंसिर १९ शुक्रवार
shares
काठमाडौं । नेपाली आधुनिक संगीतका अमर हस्ताक्षर स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
प्रेम, सामाजिक मूल्य, जीवनका अनुभूति र सांस्कृतिक चेतनालाई गहिरो ढङ्गले व्यक्त गर्ने गीत–संगीत मार्फत उनले नेपाली संगीतमा बनाएको योगदान आज पनि अतुलनीय मानिन्छ।
उनको जादुमय, गम्भीर र भावनात्मक स्वरले नेपाली संगीतलाई एक नयाँ उचाइमा पुर्याएको छ।त्यसको कदरस्वरूप उनलाई नेपाली संगीतक्षेत्रले “स्वरसम्राट्” उपाधिले सम्मानित गरेको हो।उनका धेरै गीतहरू आज पनि पुस्तौँपुस्तासम्म समान लोकप्रिय छन्।
‘लौ सुन म भन्छु, मेरो रामकहानी’,
‘पर्खी बसेँ आउला भनीँ’,
‘तिम्रो जस्तो मुटु मेरो पनि’,
‘ए कान्छा ठट्टैमा’,
‘बिछोडको पीडा’,
‘जाग, लम्क, चम्क’,
‘गल्ती हजार हुन्छन्…’,
‘अल्झेछ क्यारे पछ्यौरी’,
‘ईश्वर तैँले रचेर फेरि’
जस्ता गीतहरू नेपाली जनमनमा अझै अमर छन्।यी सबै गीतमा उनले दिएको स्वर र केहीमा गरेको संगीत संयोजनले नेपाली संगीतलाई दिशानिर्देश गर्ने प्रेरणा दिएको छ।
स्वरसम्राट् नारायणगोपलको निधनपछिने नै उनको नाममा महाराजगन्जस्थित निवासमा स्थापना गरिएको नारायणगोपाल संगीत कोषले आज विभिन्न कार्यक्रम आयोजना गर्दै उहाँलाई स्मरण गरिरहेको छ।कार्यक्रममा संगीतकर्मी, कलाकार, साहित्यकार र उनका श्र्रोता–प्रेमीहरूको उल्लेख्य उपस्थिति रहने बताइएको छ।
संगीत प्रस्तुति, स्मृतिग्रन्थ वाचन, धरातली जीवनअनुभूति तथा नारायणगोपलको साङ्गीतिक यात्राका दुर्लभ अभिलेख प्रदर्शन हुने कार्यक्रम कोषले जनाएको छ।
२०४७ साल मंसिर १९ गते (डिसेम्बर ३) मा देहावसान भएका नारायणगोपल गुरुवाचार्यले नेपाली आधुनिक गीत–संगीतलाई विश्वस्तरीय उचाइमा पुर्याउनुका साथै नयाँ धारा, भावनात्मक गाम्भीर्य र कलात्मक परिष्कार स्थापित गरेका थिए।उनका गीतहरूले
-
प्रेम,
-
वियोग,
-
सामाजिक बन्धन,
-
सांस्कृतिक भाव,
-
व्यक्तित्वको संघर्ष
जस्ता विषयलाई कलात्मक ढङ्गले चित्रण गर्छन्।
उनको स्मरणमा आज आयोजित कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली संगीतमा मौलिकता, गम्भीरता र कलात्मकता कायम राख्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
स्वरसम्राट् नारायणगोपालको योगदानलाई नेपाली संगीतकर्मीले सदैव एउटा “मापदण्ड” को रूपमा लिने गरेको बताए।































