चेक रिपब्लिक युरो २०२० को क्वाटरफाइनलमा प्रवेश
वि.सं.२०७८ असार १४ सोमवार
12K
shares
shares
आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै चेक प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । हंगेरीको पुस्कास एरिनामा नेदरल्यान्ड्सलाई हराउन टोमस होल्स र प्याट्रिक शिकले गोल गरे ।
खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियाे ।
डी बक्स बाहिर हातले बल रोकेपछि भीएआरको सहायतामा रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।
६८ औं मिनेटमा टोमसले र ८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेकलाई जिताए ।
अब चेकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
नेदरल्यान्ड्सले समूह ‘सी’मा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो ।
Subscribe
0 Comments
Oldest
































