एनपिएल फाइनल प्रवेश: सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ७७ रनले हरायो

19.6K
shares
Nabil bank

काठमाडौं ।सुदूरपश्चिम रोयल्स दोस्रो पटक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्ससँग लिग चरणको अन्तिम खेलमा ब्यहोरेको हारको बदला लिँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

 

टस हारेर पहिले ब्याटिङ गर्दा बनाएको १५६ रनको लक्ष्य बचाउँदै सुदूरपश्चिमले विराटनगरलाई ७७ रनको हार चखाएको छ। विराटनगरले १४ ओभर १ बलमा अलआउट हुँदै ७८ रन मात्रै जोड्न सक्यो।

 

विराटनगरलाई रोक्ने क्रममा सुदूरपश्चिमका बलरहरू हरमित सिंह, स्कट कगलाइन र अविनाश बोहराले २–२ विकेट लिँदा हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

 

विराटनगरका तर्फबाट फाप डु प्लेसिसले सर्वाधिक २९ बलमा ३६ रन बनाए। उनीबाहेक मर्चेट डि लाङ्गेले १५ रनको योगदान दिँदा बसिर अहमदले १५ रन मात्रै बनाउन सके।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x