लघुकथा : पैसा

21.2K
shares
Nabil bank

 

महत्त्व कति है ?
जति बुझ्यो झन त्यति गाह्रो भन्दै गफ्फिदै थिए । उत्सुकताले भरिएका आँखाले एकआपसमा हेर्दै
थिए ।

एउटीले भनिन्, " कस्ले चलाए होला, यो पैसा भन्ने चिज ।" भन्दै आफ्नै अन्तर्मनमा हराइन् ।
घोत्लिएर सोचिन अनि मुसुक्क हाँसिन् । जवाफ शून्य थियो ।

अर्कीले पाँच सयको नोट दुई हातका औँलाले नचाउँदै नियालेर हेर्न थालिन र भनिन्, " कति ठाउँमा
चहारेर आयो होला ? कसैको घर चलायो होला त कसैको व्यवसाय धान्यो होला त कसैलाई
मनोरञ्जन दिलायो होला, कतिका आवश्यकता पूर्ति गरेको छ ?" फेरि उहीँ नोट हेर्दै केलाइन् ।

एउटीले, " होतनि एउटै तर नाचेको नाचेई छ । कहिले कस्को खल्तीमा त कहिले कस्को खल्तीमा तर
स्थिर ?" उनी विस्मित देखिइन्

अर्कीले, " मान्छेलाई घुमाएको छ, कहिले कहाँ त कहिले कहाँ ? देश विदेश सबै डुलाएको छ, फुटाउँन
र मिलाउँन सबै जानेको, धन्य तेरो रुप !" उनले सङ्केत गरिन्

एउटीले भनिन्, "पसलमा सामान किन्न गएकी थिएँ, पसलेले उत्तिनैखेर त्यहीँ बचत गर्यो । सबैका
आवश्यकता उत्तिनै छन् ।" म सोचमग्न थिएँ।

"चाहेँ शुभकार्य होस् त चाहेँ मर्दापर्दा कसैले जौँ तिलले चोख्याएको पनि देखिएको छैन ।" उनले फेरि
थपिन

अर्कीले गहन हुँदै, " गाई कहिल्यै ननुहाए नि सेतै, भनेझै पैसालाई त्यसै लक्ष्मी भनिएको होइन रछ
।" उनी खँदिलो स्वरमा बोलिन

 

भूमिका गैर तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x