सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३५८३ प्रतिशत लाभांश पारित
वि.सं.२०८२ पुस ७ सोमवार
shares
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१औँ वार्षिक साधारण सभा २०८२ साल पुस ७ गते सोमबार काठमाडौँमा सम्पन्न भएको छ।
साधारण सभाले बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रुपैयाँ ३० पैसाको नगद लाभांश (करसहित) तथा ५ प्रतिशत अर्थात् १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसाको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यससँगै बैंकले कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा पुग्नेछ।
साधारण सभाले आर्थिक वर्ष ०८१/८२ को वित्तीय विवरण पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावहरू पनि अनुमोदन गरेको छ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।




























