लघुकथा : 25 डिसेम्बर
वि.सं.२०८२ पुस १० बिहीवार
shares
विविधतामा एकता भएको मुलुक नेपाल भएकाले आज सार्वजनिक बिदा क्यालेन्डरमा उल्लेख छ । विभिन्न समुदायबाट आवद्ध विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालय प्रशासनले क्रिसमस सम्बन्धी कार्यक्रम गर्यो र बिदा दियो ।
रातो र सोतो पेपरबाट बनाइएका सामग्री देखाइए । सुमनलाई आश्चर्य लाग्यो, कुतुहलताले भरिएको भावले शिक्षकलाई सोध्यो, “नेपाल हिन्दु राष्ट्र हुँदाहुँदै पनि किन विदेशी संस्कृति भित्र्याइएको होला । के छर यो पर्वको विशेषता ।” उसले उत्सुकताले भरिएको नजरले सोध्यो
शिक्षकले सुम्सुम्याउँदै, “२०४६ सालको राजनीतिक परिवर्तनसङ्गै राष्ट्रिय पर्वको रूपमा मनाइदै आएको छ । योसेफ र मरियमका पुत्रका रूपमा आधुनिक इजरायलको एक गुफामा उनको जन्म भएको थियो ।” उसको जिज्ञासा केही शान्त गराए
फेरि शिक्षकले, “येसु ख्रिष्ट आजकै दिन जन्मिएका ईश्वरका पुत्र थिए । उनले संसारलाई पापबाट मुक्त गराउँनका लागि एकआपसमा प्रेम, भाइचारा, विश्वास, शान्ति,धर्म, सत्यका बारेमा दिव्य उपदेश बाड्ने क्रममा प्राण त्यागेका थिए, जुन बाइबलमा उल्लेख छ । उनी धार्मिक व्यक्ति थिए ।” उसको उत्कण्ठाले भरिएको मुहार हेर्दै शिक्षकले फेरि थपे ।
सुमन अझ लालायित हुँदै सोध्यो, “कसरी मनाइन्छ ?”
शिक्षकले ल सुन भन्दै, “मानिसहरू हर्षोल्लासका साथ येसुको प्रार्थना गर्ने, मैनबत्ति बाल्ने,उपहार साटासाट गर्ने, मिठामिठा परिकार खाने, मौलिक भेषभुषामा सजिएर चर्च जाने, उनको ज्ञान उपदेश बाड्नुका साथै एकआपसमा सुख, शान्ति, सद्भाव, सुस्वास्थ्यको कामना गरी मानाउँने गर्छन ।” उनले सहजताका साथ सुमनलाई सम्झाए
सुमनले चहक भावले शिक्षकलाई हेर्दै, “आहा ! जुनसुकै समुदायको भए पनि धर्मको उद्देश्य चाहिँ एकै हगि, सर भन्दै ऊ मुसुक्क हाँस्यो ।”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

































