कविता : गुनासो
वि.सं.२०८२ पुस १८ शुक्रवार
shares
मलाई मेरो तलबले बरै खान पुगेन
चाकरी धेर जागिर हेर विचार खुलेन
मालिक सधैं मालिक बने नाफाको भोकमा
फर्केन हेर गरिबका दिन मानको खोजमा ।
बालबच्चा हेर महङ्गी धेर जोर्जाम भएन
बिरामी पर्दा छैननि साथ आफन्ती रहेन
शासक तिम्ले कानुन ल्याऊ सबलाई समेटी
औषधि मूलो राहत देऊ मानवता नमेटी ।
निर्धन भए जनता आज निकास देउन
सुदुर गाउँ विकट धेरै विकास लेउन
सरल छन् निमुख सोझा नेपाल देखेन
मनका कुरा खुलेर बोल्ने आटनै भेटेन ।
शिक्षा र स्वास्थ निशुल्क बनाऊ पर्दैन मसार्न
मान्छेको मन जितन हात पर्दैन पसार्न
नक्कल गर ती राम्रा कुरा हुदैनौ पछाडि
सामीप्य हुन्छौ सदैव तिमी युगको अगाडि
नियम सदा बनाऊ हुँदा खानेलाई हेरेर
सार्थक हुन्छन् ती तिम्रा नीति अतीत फेरेर
अमर हुन्छ तिम्रो त्यो नाम बिर्सन सकिन्न
आँधी र बेहरी प्रलय आओस् माटोमा मकिन्न ।
शासक तिमी मूली हौ हाम्रा मुहान नथुन
फिजाऊ हात निर्धन हेरी सङ्कीर्ण नबन
फरक धार फरक पन देशमा खाँचो छ
मरेर पनि
मर्दैनौ तिमी इतिहास साँचो छ ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

































