लघुकथा : एकता दिवस

21.1K
shares
Nabil bank

 

 

स्रष्टाहरूले प्रज्ञा भवनमा तस्बिरमा माल्यारोपण गरेर पृथ्वी जयन्ती मनाउँने सल्लाह गरे । सबैजनाले निर्धारित समयमै उपस्थिति जनाए । कोहीले पुष्पगुच्छा त कोहीले माला साथमै लिएर आएका छन् । छुट्टै उमङ्ग छ, सबैका अनुहार उज्याला छन् ।

 

उद्घोषकले कार्यक्रमको तहबह मिलाए अनि सुरु गरे । माहोल शान्त छ  । अतिथिको आसन ग्रहण गराए, राष्ट्रिय गान पनि आज गर्वले बजेको छ । शुभकामना मन्तव्यमा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको बारेमा चर्चा भयो । उनको योगदान र सङ्घर्षका बारे सबैले खुलेर बोले ।

 

उपस्थित सबै मन्त्रमुग्ध बनेर सुनेका छन् । मन्तव्य सुन्दा अनुहारमा राष्ट्रप्रेम स्पष्ट झल्किएको देखिन्छ । इतिहास, वीर विराङ्गनाका वीरगाथाले सबैको ध्यान खिँचेको छ । औपचारिक कार्यक्रम सकियो । एकले उत्सुकता भरिएको नजर जुधाउँदै सोध्यो, “सानो बलले आर्जेको मुलुक होइन रछ, हाम्रा पुर्खामा कति जोस है ! बरू मर्न तयार भए तर कहिल्यै पराधीन भएनन् । आत्मसम्मान कति प्यारो हगि !”  उसले आफ्नो कुतुहलता मेटायो

 

अर्कोले गर्वका साथ छाती चौडा गर्दै बोल्यो, “होत बाइसी, चौबिसी राज्य एकै ठाउँमा गाँभेर विशाल नेपालको परिकल्पना त्यसै साकार भएको होला त ? शत्रुका सामु नझुकी डटेर लडेका थिए रत स्वतन्त्र भयो अनि धर्म, कला संस्कृति र सभ्यतामा अगाडि, आहा !” उसले इतिहास कोट्यायो ।

 

एकले गम्भीर हुँदै भन्यो, ” व्यक्तिगत स्वार्थ भन्दा माथि राष्ट्रका बारेमा सोचेका थिए । आइमाई, केटाकेटीमा पनि देशप्रतिको माया अगाध भएर त लडेका थिए तर अहिलेका मान्छे हेर सानो लालचमा पनि आफ्नो इमान बेच्न पछि पर्दैनन् ।” उसले लामो सास तान्दै आश्चर्य एवम् उपेक्षा मिश्रित स्वरमा बोल्यो

 

अर्कोले विनयशील भएर उसको भावमुहार नियाल्दै बोल्यो, ” भाइ फुटे गवाँर लुटे भनेझै अहिले देशको रिमेट विदेशीमा छ, एकताको अर्थ बुझ्न इतिहासको पाना पल्टाउँनै पर्ने भो ?” ऊ खुइय गर्यो

 

 

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x