युरोकप सेमिफाइनल: इटली भर्सेज स्पेन, इङ्ग्ल्याण्ड भर्सेज डेनमार्कबिच प्रतिस्पर्धी हुँदै
वि.सं.२०७८ असार २० आइतवार
shares
एजेन्सी। जारी युरोकपको क्वाटरफाइनलका खेलहरु सकिएका छन् । क्वाटरफाइनलका खेेेलहरु सकिएसँगै अब सेमिफाइनलमा इटालीले स्पेनकाे र डेनमार्कले इंग्ल्याण्डकाे सामाना गर्नेछ ।
स्पेन स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेकाे हाे ,भने इटली बेल्जियमलाई २-१ गोलअन्तरले हराउँदै सेमिफाइनलकाे यात्रा तय गरेको टाेली हाे।
त्यस्तै डेनमार्क: समूह चरणमा सुरुवाती दुई खेल गुमाएर पनि समूह ‘बी’ को उपविजेता बनेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई हराएको थियो। क्वाटरफाइनलमा चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
इङ्ग्ल्याण्ड: समूह ‘डी’ को विजेता इङ्ग्ल्याण्डले अन्तिम १६ मा जर्मनीलाई हराएको थियो, भने क्वाटरफाइनलमा युक्रेनलाई ४-० को फराकिलो अन्तरले हराएको थियो। यो सँगै १९९६ पछि इङ्ग्ल्याण्ड पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।
सेमिफाइनलको समीकरण स्पेन भर्सेस इटलीबिचकाे खेल जुलाई ७ बुधवार बिहान पौने १ बजे( मंगलवार राति) र डेनमार्क भर्सेस इङ्ग्ल्याण्डकाे खेल जुलाई ८ बिहान पौने १ बजे (बुधवार राति) हुनेछ।
































