प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध मुद्दा

15.5K
shares
Nabil bank

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको ताजाकोट गाउँपालिकामा औषधि खरिदमा अनियमितता गरेको आरोपमा चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले ताजाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङ्कु, सहलेखापाल विर्षसिंह सुनार तथा आर्यन फार्मा नेपालगञ्जका सञ्चालक कृष्णकुमार भुजुवाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार स्वास्थ्य शाखाका लागि औषधि खरिद गर्दा बदनियतपूर्वक वास्तविक खरिदभन्दा बढी औषधि देखाई भुक्तानी लिएको उजुरी परेपछि छानबिन गरिएको थियो। छानबिनका क्रममा स्वास्थ्य उपकरण तथा औषधि खरिदमा खरिदभन्दा बढी विवरण समावेश गरी १ लाख ९१ हजार ८५० रुपैयाँ बराबरको अनियमित भुक्तानी लिएको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल, स्वास्थ्य शाखा प्रमुख स्याङ्कु र सहलेखापाल सुनारविरुद्ध जनही १ लाख ९१ हजार ८५० रुपैयाँ बिगो माग गर्दै सजायको माग गरेको छ। त्यस्तै, आर्यन फार्माका सञ्चालक भुजुवाविरुद्ध १ लाख ९० हजार ८०० रुपैयाँ बिगो माग दाबी गरिएको आरोपपत्रमा उल्लेख छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x