पेट्रोलियम पदार्थमा मुल्य वृद्धि (विज्ञप्ति सहित)

13.5K
shares
Nabil bank

काठमाडौँ। नेपाल आयल निगमले आजराति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थकाे मूल्य बढाएको छ।

प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

त्यस्तै हवाई इन्धन (आन्तरिक उडानतर्फ)को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ।

विज्ञप्तिअनुसार एलपी ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैयाँले बढी १४२५ पुगेको निगमले जनाएको छ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x