माग अनुसार उत्पादन नहुँदा कुखुराकाे मासुमा मुल्य वृद्धि
वि.सं.२०७८ असार २२ मंगलवार
13.9K
shares
shares
काठमाडौँ। निषेधाज्ञा खुकुलो भएसँगै माग बढ्दै गर्दा पर्याप्त मात्रामा कुखुराको उत्पादन हुन नसक्दा बजारमा मासुको मूल्य फेरि बढ्न थालेको छ ।
मंगबारदेखि बजारमा लागु हुने गरी जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर खरिद मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जनाएको छ ।
त्यस्तै नयाँ मूल्य अनुसार जिउँदो कुखुरा प्रतिकेजी २ सय ५० रुपैयाँ भएको छ, भने तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ कायम भएको छ ।
नयाँ लटका कुखुराहरु उत्पादन नभएपछि कुखुराको मासुको मूल्य बढ्ने क्रममा नै रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका सचिव देव गिरीले बताए ।
Subscribe
0 Comments
Oldest
































