इटालीविरुद्ध नेपाल १२३ रनमै समेटियो, जितका लागि १२४ रनको लक्ष्य

13.4K
shares
Nabil bank

 

काठमाडौं। आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपालले दोस्रो खेलमा इटालीसामु १२४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईको वानखेडे मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमै १२३ रनमा अलआउट भयो।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यानले केही समय संघर्ष गरे पनि ठूलो साझेदारी बन्न सकेन। आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने कप्तान रोहित पौडेलले २३ रन जोडे। आसिफ शेख २० रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए। करण केसी १८ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन्।

इटालीका बलरहरूले अनुशासित प्रदर्शन गर्दै नेपाललाई ठूलो स्कोर बनाउन दिएनन्। क्रिसन कलुगामागेले ३ विकेट लिए भने बेन मनेन्टीले २ विकेट झारे। अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले समान १–१ विकेट लिए।

अब इटालीले खेल जित्न २० ओभरमा १२४ रन बनाउनु पर्नेछ। नेपालका बलरहरू सामु मध्यम लक्ष्य जोगाउने चुनौती देखिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x