सोमपाल कामी विश्वकपमा नेपालका सर्वाधिक विकेट लिने खेलाडी बने
वि.सं.२०८२ फागुन ५ मंगलवार
945
shares
shares
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी विश्वकप इतिहासमा नेपालका लागि सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका छन्। उनले दीपेन्द्र सिंह ऐरीको ८ विकेटको कीर्तिमान तोड्दै नयाँ रेकर्ड कायम गरेका हुन्।
मंगलबार स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोलीविरुद्ध ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर ३ विकेट लिएका सोमपालले विश्वकपमा आफ्नो कुल विकेट संख्या १० पुर्याएका छन्। यससँगै उनी नेपालका लागि विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्।
सोमपाल नेपालका लागि तीन संस्करण विश्वकप खेल्ने खेलाडीसमेत हुन्। उनले ICC T20 World Cup 2014, ICC T20 World Cup 2024 र हाल जारी संस्करणमा सहभागिता जनाएका छन्।
यस सूचीमा तेस्रो स्थानमा रहेका वसन्त रेग्मीले ५ विकेट लिएका छन्।




























