लघुकथा : मत

13.7K
shares
Nabil bank

 

 

 

“कति मोबाइल मात्र हेरेको ? करेसाबारीमा तरकारी लगाउँनु पर्यो ।” बुढीले बुढालाई भनिन्

 

म आइहाले एकछिन है भन्दै उसैमा सर्वस्व भएझै घोरिए । उनले झिझिएको स्वरमा, “कति प्यारो हो, के छर त्यस्तो ?  मोबाइल चलाएर को करोडपति बनेछ, साथी नै त्यहीँ, को आयो, को गयो ? अह अत्तोपत्तो छैन ।” उनी झर्किइन्

 

फेरि फतफताउँन थालिन्,  “छिमेकमा सबैले हरियै बनाइसके आफ्नो हेर केही छैन ?”

 

उनी आए र भने, ” गफ चुट्न मात्रै जानेकी छस्, खै छड् भन्दै कोदाली समाए र खन्न थाले ।” उनी चुपचाप पछिपछि लागिन्

 

त्यतिकैमा एक हुल आए अनि नमस्कार गर्दै भन्न थाले, “म पल्लो गाउँको श्यामको छोरा गोकर्ण क्या चिन्नु भएन । म यसपाली चुनावमा उठेको छु । गिलासको चिन्ह देखाएर यसैमा छाप लगाउँनु है भन्दै सिकाए ।” उनले टाउको हल्लाएर सहमति जनाए

 

एकछिनपछि फेरि अर्को हुल आए र नमस्कार गरे । उनीहरूले पनि, “घन्टी छाप देखाएर त्यसैमा छाप लगाउँन सिकाए । अपिलका साथै प्रतिवद्धता पत्र पनि दिए ।” उनले हस् भन्दै प्रतिक्रिया जनाए

 

फेरि अर्का हुल आए र विनम्रता देखाए । “चुनावको चिन्ह देखाउँदै छाप लगाउँन सिकाए, घोषणापत्र छाडे ।” उनले हल्का मुस्कानले अवश्य भन्दै विदा गरे

 

सबै नियाली रहेकी बुढीलाई  खपिनसक्नु भयो । उनले आश्चर्य एवम् उपेक्षा मिश्रित स्वरमा भनिन्, ” हैन के हो ? जसलाई नि टाउको हल्लाउँदै सहमति जनाउँने, जता काफल पाक्यो उतै चरी नाच्यो त गर्नु भएन नि !”  उनले तिक्तता व्यक्त गरिन्

 

बुढाले मन्द मुस्कान दिँदै ठ्ट्याउँलो पारामा भने, “चुनावको माहोलमा किन निराश गर्नु ?  मतको अड्कलबाजी गरून् न, आफ्नो कुरा आफैंसङ्ग छत !” उनले साउती मारे

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x