तोमनाथ उप्रेतीका हाइकुहरू
वि.सं.२०८२ फागुन १३ बुधवार
shares
आनन्दमा मौन
क्रोध चुपचाप पग्लिन्छ
दुःखमा धैर्य।
२.
भीडको आवाज
छायाँ जस्तो उठ्छ तर
विवेक गहिरो।
३.
मतपत्र हातमा
भाग्य होइन कर्म मात्र
राष्ट्रको ढोका।
४.
सूर्योदय चुप
ढिलो गर्ने पर्खँदैन
नागरिक जागे।
५.
लोभ त्याग्ने हात
मतदाताको विश्वास
शक्ति बनाउँछ।
६.
अपमान बोल्दा
आत्मसम्मान हराउँछ
शब्द ज्वालाजस्तो।
७.
निर्वाचन मेला
नारा र झुटको बादल
शान्ति चुप रहन्छ।
८.
संतुष्टि दीर्घकाल
खुसी क्षणिक जस्ता छन्
नीति रहिरहन्छ।
९.
असफलता आयो
उठ्ने शक्तिमा छ सारा
महानता जागे।
१०.
पानी तताउँछ
क्षणिक ताप बगेर जान्छ
शीतलता आउँछ।
११.
व्यक्ति बदलिँदा
प्रवृत्ति परिवर्तन हुन्छ
भविष्य चम्किन्छ।
१२.
सत्यको मार्गमा
भ्रम र भीड पन्छाउँछ
विवेक उज्यालो।
१३.
सहयोग हातमा
असहज समय टर्दैन
आशा रहिरहन्छ।
१४.
निर्णय धैर्यले
क्रोध रोक्न सकेको मन
शान्ति जन्माउँछ।
१५.
नेतृत्व मौन
आध्यात्मिक मूल्यमा
शासन विश्वस्त।
१६.
सांसारिक द्वेष
छिटो हराउँछ नदी
सम्झना रहन्छ।
१७.
नयाँ योजना उभा
गल्तीबाट सिक्ने मन
लोकतन्त्र फुल्छ।
१८.
सन्तुष्ट नागरिक
दीर्घकालीन खुशी बनाउँछ
राष्ट्र उज्यालो।
१९.
निर्वाचन क्षण
आत्मशासनको परीक्षा
आशाको पर्व।
२०.
मन शीतल राख
कर्ममा विश्वास गर
संयमको उजास।

































