लघुकथा : मौका

14.9K
shares
Nabil bank

 

 

नदीमा खैलाबैला मच्चियो ।

पानीको बहावसँगै छालले पनि बाँध नाघ्ने प्रयत्न गर्यो । किनारमा रहेका मान्छे र फाटफुटे पसल एकाएक बेपत्ता भए । पानीको छाल छचल्किएको देखेर जलविहारका सबै सुविधा बन्द गरियो । मान्छेहरू लाम लागेर अनेक टिकाटिप्पणी गरेको देखियो, सबै मुखदर्शक भएका थिए ।

 

पानीको भित्री सतहमा माछाका प्रजाति बिचमा अस्वस्थ प्रतिस्पर्धा चल्यो । साना माछाहरु आपसमा लडेकाले ऊ मौन छ । लडाकु माछाले भन्यो, “ठोकठोक छोड्नु हुदैन छोड्नु हुदैन, यहीं हो मौका । जसको शक्ति उसको भक्ति ।” ऊ रन्कियो

 

चर्काचर्की सुनेर रहु माछाले सावधानी अपनायो र  चलाखी देखायो ।  ऊ पनि लहैलहैमा लग्यो अनि सही थाप्दै भन्न थाल्यो, “नछोड नछोड, सुरक्षा सुरक्षा, समानता समानता ।” उसले पनि समर्थन जनायो

 

सहर माछा पनि चुप लागेर बस्न सकेन, उसले सहमति देखायो र भन्यो, ” न्याय होस् न्याय होस्, अन्याय गर्न पाइदैन पाइदैन ।” उसले पनि थप बल दियो

 

भोटी माछा आनन्दले बस्न सकेन् ऊ नाच्दै बोल्यो, “आवाज बुलन्द होस् बुलन्द होस्, झुक्दैनौ झुक्दैनौ ।” उसले शासकसामु नझुक्ने अठोट लियो

 

केही पर रहेको चुच्चे वाम माछा सल्बलाउँदै आयो र परिस्थिति नियाल्यो । उसले पनि चर्को स्वर गर्न थाल्यो, ” होहो, एकतामा बल छ बल छ, एकजुट एकजुट ।” उसले पनि होस्टेमा हैँसे दियो

 

सबै सुनिरहेको असला माछाले सौम्य भावले मिलाउँन खोज्यो तर कसैले सुनेनन् । व्यर्थ रह्यो, ऊ विरक्तियो

 

उसले ठुलो माछा सामु बिन्ति बिसायो ।  ऊ आयो तर शान्त थियो । ऊ गम्भीर हुँदै बोल्यो, “मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन भन्थे, तिमीहरूको विवेक अझै किन पलाएन हँ ?” उसले समकालीन परिस्थिति दर्सायो ।

 

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x