लघुकथा : परिभ्रमण

14.2K
shares
Nabil bank

“परिवर्तन ! परिवर्तन !! परिवर्तन !!!” छोरी एकसुरले बर्बराई ।

 

सङ्गै सुतेकी आमाले नराम्रो सपना देखिछ क्यार भन्दै झक्झकाईन् । उनले हातगोडा मसार्दै सोधिन, ” के भयो, डरलाग्दो सपना आयो र ?”

 

ऊ झस्किई, एकटकले नजर घुमाई  र भनी, ” म कहाँ छु भन्दै गिलासको पानी घटघट पिई ।”

 

आमाले फेरि स्नेहले सोधिन्, ” के देख्यौ सपनामा, किन डराएकी ? ऐंठन भएर हो ।” उनले सुमसुम्याईन

 

उसले वृतान्त बताई, ” घनघोर जङ्गलमा युवाहरू अन्याय, बेथिति  र भष्ट्राचारका विरुद्धमा  लडेका छन् । उनीहरू अहिलेको पुस्ताको मागका कुरा गरेका छन्  भने अर्कोतर्फ उनीहरूको आवाज दबाउन खोजिएको छ।” उसले  भयभित हुँदै भनी

 

उनले उदेक मान्दै, ” हैन तैले भदौ २३ र २४ को जेनजी आन्दोलनको नरसंहार त देखिनस् । त्यो इतिहासकै कालो दिन सत्ता परिवर्तनका निम्ति कैयौंले ज्यान गुमाएको, कहालीलाग्दो दिन ।” छोरीको मनसपटलमा गहिरो छाप परेकोमा उनले दु:ख व्यक्त गरिन्

 

उनले फेरि उपेक्षाले भरिएको गह्रौं स्वरमा भनिन्,  ” व्यवस्था परिवर्तनका निम्ति रगतको होलि खेलेका ती युवाहरूको बलिदान तर आज सिष्टम र परिपाटी भने उहीं पुरानै, कतै व्यर्थ जाने त होइन ?” उनले टाउकोमा हात राखेर मौनता साधिन् ।

 

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x