लघुकथा : समय
वि.सं.२०८२ फागुन २३ शनिवार
shares
ऊ र ममा रस्साकस्सी चल्यो । ऊ चर्को आवाज गर्छ ।
ऊ भन्छ, ” पावर ठुलो ।”
म भन्छु, ” समय !”
ऊ होच्याउँछ, “काचा कलिला नबुझी धेरै जान्ने हुँने ।”
फेरि चिच्याएर आवाज दबाउँन खोज्छ अनि औँला नचाउँदै बोल्छ, ” चुप केवल चुप ।”
म शान्त मनले सोच्छु, “हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे कतिखेर फुट्छ, थाहा छैन ?”
मेरो मौनता उसलाई खपिनसक्नु हुन्छ, जुरुक्क उठेर आगो हुँदै बोल्छ, ” निरीह केवल निरीह !”
ऊ, ” पैसाको राजनीति गर्छ ।”
म, ” विवेकको ।”
ऊ कुरा मोड्छ र भन्छ, ” म ठुलो, हैकमवादी,शासक हुँ, बुझिस्।”
म हल्का मुस्कानले, “मौनता साँध्छु। ”
ऊ अनेक प्रसङ्ग जोड्छ, आफूलाई महान सावित गर्न पछि पर्दैन । ऊ भन्छ, “खान्दान खान्दान, सत्ता सत्ता !”
उसको अनुहार पुलुक्क हेर्छु अहङ्कारले भरिएको र सोच्छु, “खोई मनन गरेको, मान्छेको सबैभन्दा ठुलो शत्रु रोग हो, कतिखेर आउँछ थाहा छैन तर जतिखेर आउँछ तहसनहस पार्छ ।”
ऊ, “जित जित केवल मेरो, सधैं मेरो हुनुपर्छ, आवाज बुलन्द पार्छ ।”
म चकित हुँदै पुन: दोहोर्याउँदै औँल्याउँछु, ” समयले परिवर्तन चाहन्छ, नत रोकेर रोकि
न्छ न छोकेर, ऊ बलवान् छ ।”

































