लघुकथा : तर्क
वि.सं.२०८२ चैत १८ बुधवार
shares
“विचार नमिलेको हो र ?”
एक मनले भन्यो, मनमा खुल्दुली चल्यो । फेरि अर्को मनले, “होइन, किन नमिल्नु ? नबुझेर झर्किएको होला, केही बेरमा शान्त होला अनि सम्झाउँला ।” मैले आफैंसङ्ग प्रतिप्रश्न गरेँ
छोराले तर्क राख्यो, ” ऊ परिवर्तनका कुरा गर्छ । शब्दकोशमा सिमित रहेको असम्भव भन्ने शब्दलाई सही डिजाइन दिएर सम्भवमा रूपान्तरण गर्न सक्ने क्षमता युवामा हुन्छ । त्यो जोस अनि साहस, अरूमा कहाँ ?” उसले एकैसासमा कुरा टुङ्ग्यायो ।
मैले उसको मुहारमा पुलुक्क नजर दौडाए अनि भनेँ, “अहिले आँलाकाँचा छौ, उमेर नै कति भएको छर ? परिपक्वता आउँन घामपानीले खारिन पर्छ क्या ! जोसमा होस हुदैन ।” मैले केही शान्त गराउँन खोजेँ
ऊ रन्कियो, “हामीलाई काँचो दिमाग भन्ने, देख्नु भएन । भदौ २३ र २४ को जेन्जी आन्दोलन ! एकैदिनमा सत्ता पलट, त्यसैको परिणाम हो अहिलेको सरकार । बाआमा विचरा ! सडकमा गए नि शान्तिले नाचेर आउँछन्, अनि तिनका माग जिउँका तिउँ ।” उसले परिस्थिति नियाल्दै बोल्यो
मैले शब्दले सम्झाउँने हरसम्भव प्रयत्न गरेँ । उसका कुरा ठुला थिए । मैले नम्रता देखाए, “बोली अनि व्यवहारमा फरक छ, भन्न जस्तो सजिलो गर्न हुदैन । परिवर्तन कुनै जादुको छडी होइन, समय लाग्छ ।” मैले सौम्य भावले सम्झाए
ऊ निडर हुँदै, “शक्तिको भरमा शासन टिकाएर हुन्छ, शासकदेखि रैतीसम्म मान्य हुँने सिष्टम बनाएर सबैलाई कानुनको दायरामा नल्याएसम्म परिवर्तन सम्भव छैन ।” उसको सोचमग्न तर्कले म नि:शब्द रहेँ ।

































