गद्य कविता : जीवनको पर्याय

11.1K
shares
Nabil bank

 

 

बिहान बिहान

सूर्यको किरणले स्पर्श गर्दा

मुहारमा जुन कान्ति आउँछ

हो त्यसैले गर्छ दिनको शुरुवात

मान्छेका अव्यवस्थित कामहरुलाई

समयको सुईले निर्धारण गर्छ

अनि त्यसैले व्यवस्थित बनाइदिन्छ

छरिएका चाहनाहरु पनि

हामीलाई

हरेक कुरा गाह्रा लाग्छन्

भाग्न खोज्छौँ तनावबाट

तर थाहा छैन

शान्तिको अर्थ खोज्छौँ बाहिर बाहिर

अनि भौतारिन्छौं

झिलिमिली संसारमा

अरुलाई खुसी देख्छौँ

आफू पनि त्यस्तै बन्न खोज्छौँ

तर बुभ्दैनौँ उसका भित्री पीडा अनि मर्म

केवल देख्छौँ त बाहिरी मुस्कान र आवरणमात्र

 

 

उसको सुख सयलले लोभ्याउँछ

तान्छ घरिघरि

लाग्छ ऊ कति  खुसी छ

अनि शान्त पनि

शान्ति शान्ति शान्ति

तर त्यो कहाँ छ थाहा छैन

अबुझ मनले जब बुझ्छ

शान्ति त प्रकृतिमा हरियालीमा  यो वसन्तमा अनि यी ऋतुहरूमा छ ।

 

जब सूर्यको किरण वनस्पति चराचर जीवमा प्रकृतिमा पर्छ

आहा ! त्यो सुन्दरता त्यो सृष्टि, त्यो निरन्तरता  कति मनमोहक हुन्छ पत्तै छैन

जब बुझ्छौँ शान्ति हामीभित्र प्रकृतिको समीपमा छ

मनको चञ्चलता क्षणभरमा  विलिन हुन पुग्छ।

 

हामी रमाउँछौ,

सत्यको समीप्यता छर्लङ्ग देखिन्छ ।

मन पुलकित हुन्छ अनि पर्यावरण प्यारो लाग्न थाल्छ

सृष्टि अद्‌भूत लाग्छ

प्रत्येक जराजरा, पातपात, कणकणको अस्तित्व भेट्छौँ, महत्त्व बुझ्छौँ

हो शान्ति हामी भित्रै छ, परिवर्तन हामी भित्रै छ ।

प्रकृतिमा पर्यावरणमा

केवल पर्यावरणमा छ शान्ति अनि जीवनको पर्याय !

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x