लघुकथा : अक्षय तृतीया

216
shares

 

 

“धर्मिक बन्दै चलचित्र देखाएकी छ ।” उषाले जिब्रो लोप्राई ।

 

उसलाई धर्मसित जोडिएका हरेक कुरा बनावटी लाग्छ । कर्ममा विश्वास राख्छे, पुरातन मान्यताले समाजमा जरो गाडेकोमा ऊ व्यङ्य गर्छे अनि भन्छे, “कहीं नभएको जात्रा हाडी गाउँमा, के धर्मको मिथ्या प्रचारमा  भुलेर हुन्छ ?” उसले शङ्का व्यक्त गरी

 

मालती भने धर्ममा आस्था राख्छे । ऊ पञ्चाङ्ग हेर्छे र सोही अनुसार काम बाडफाड गर्छे । आफ्ना विचार धर्मसङ्ग जोडी तर्क गर्न पछि पर्दिन । उसले भनी, ” आजको दिन कसरी सुरू गर्ने विचार गरेकी छौ ?”

 

उषा फिस्स हाँस्दै मजाक बनाई  । कटाक्ष हेराइले, “स्वार्थले भरिएको परिवेशमा बिना कमिसन कस्ले के काम गर्छ र ? जहाँ दुईपैसा फाइदा हुन्छ, त्यहीँ गर्ने हो, धर्मले खान दिने होइन क्यार !” उसले जवाफ फर्काई

 

मालतीले विश्वासका पाना पल्टाउँदै  सात्विक कुरा जोडी, “आत्मिक आनन्द, शान्ति धर्मले दिन्छ । पुराण ग्रन्थमा उल्लेख भएको पुण्यको दिन, सत्य,त्रेता युगको थालनी,वेदव्यास ऋषिले यसै दिन महाभारत लेखेका थिए । आज सुरु गरेका कामको पुण्य फल मिल्छ,शुभकार्यका लागि साइत जुराउँनु पर्देन् ।” उसले सौम्य भावले सम्झाउँने प्रयत्न गरी ।

 

फेरि, शान्त लवजले उसको भावमुहार पढ्दै भनी, “भगवान बिण्णुको नर- नारायण, परशुराम र हयग्रीवको अवतार लिई पृथ्वीमा अवतरण पनि यसै तिथिमा गरेका थिए । भगवान शिव पार्वतीको विवाह भएको दिन हो । आज जौँको सातु र सर्वत खादा शीतलता प्रदान हुन्छ ।” उसले सरलताले बताई

 

उषाले सुन्न सकिन, विचार नमिलेकोमा  केही चिड्चिडाहट महसुस गरी । उग्र भाव दर्साई । मुख बङ्ग्याउँदै बोली, “धर्मले कसैको हातमुख जोडिएको छ र ? यो त समयको बर्वादी हो ।”

 

मालती उसलाई पुलुक्क हेर्दै उदेक भावमा, “ऋषिहरूले लेखेका वेद, पुराण, ग्रन्थमा उल्लेख भएको अक्षय तृतीया यो पवित्र दिन, के गलत सिद्ध होला ?” ऊ अन्तर्मनमै घोरिई

 

 

 

 

 

civil hospital
Hams Hospitals