कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोकप विजेता इटालीबीच ‘म्यारोडोना सुपर कप’ नामक मैत्रीपूर्ण खेल हुने
वि.सं.२०७८ असार ३० बुधवार
29.4K
shares
shares
एजेन्सी। कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोकप विजेता इटालीबीच ‘म्यारोडोना सुपर कप’ नामक मैत्रीपूर्ण खेल हुने भएको छ ।
मैत्रीपूर्ण खेलबारे औपचारिक घोषणा नगरियता पनि खेल हुने प्रवल सम्भावना रहेकाे जनाइएको छ।अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाको सम्झनामा इटाली र अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने भएको हो ।
त्यस्तै खेल इटाली र अर्जेन्टिनामध्ये एक स्थानमा गर्ने तयारी गरिएको छ।
इटालीले उपाधि फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएकाे थियो, भने लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई १-० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।
Subscribe
0 Comments
Oldest
































