तोमनाथ उप्रेतीका तीस हाइकुहरू

180
shares

 

१.
अहंकार धुवाँ
चेतनाको शुद्ध वायु
मन खुल्दैछ।

२.
त्रासको छायाँ
आत्मा कैद भित्रै
स्वतन्त्र रोयो।

३.
डरको जरो
वितृष्णा उम्रिन्छ
मन टाढिन्छ।

४.
मौन भित्रै
घृणाको चिसो आँधी
हृदय कठोर।

५.
चेतना बोल्छ
अहंकार ढाक्छ
सत्य हरायो।

६.
मनको युद्ध
भित्रै लडिन्छ सधैं
शत्रु आफैँ।

७.
करुणा मर्छ
वितृष्णा बस्छ जब
शून्य फैलिन्छ।

८.
धुवाँले ढाक्यो
आत्माको उज्यालो
दृष्टि हरायो।

९.
आत्मबोध ज्योति
डरका बाँध टुटे
शान्ति बग्यो।

१०.
अहंकार ढल्यो
विवेकको सास फेर्दै
जीवन जाग्यो।

११.
डरबाट रिस
रिसबाट घृणा बन्छ
चक्र घुम्छै।

१२.
मन अन्धकार
भावनाको आँधीमा
सत्य हरायो।

१३.
भित्री कम्पन
त्रासको मौन भाषा
आत्मा सुन्यो।

१४.
घृणाको आगो
प्रेमको वर्षाले
धेरै निभ्यो।

१५.
सामाजिक शोर
मनभित्रको शून्य
चिच्याइरहे।

१६.
अहंको जाल
स्वार्थले बाँध्यो मन
मुक्ति टाढा।

१७.
आत्मा खोज्दै
अन्धकार चिर्दै
प्रकाश भेट्यो।

१८.
संवाद हरायो
वितृष्णाले जित्दा
मौन बढ्यो।

१९.
साँचो शक्ति
आत्मबोधको ज्योति
डर हरायो।

२०.
मनको सागर
भावनाका छालहरू
शान्ति खोज्छ।

२१.
रिसको गर्जन
भित्रैको डर बोल्छ
आत्मा सुन्छ।

२२.
ध्यानको क्षण
अहंकार पग्लिन्छ
शान्ति जन्म्यो।

२३.
भ्रमको धुवाँ
विवेकले चिर्दै
मार्ग खुल्यो।

२४.
घृणाको काँडा
करुणाले टिप्यो
मन फुल्यो।

२५.
आक्रोश ज्वाला
विवेकले मोड्दा
ऊर्जा बन्यो।

२६.
शून्य भित्रै
चेतनाको उज्यालो
जीवन बग्यो।

२७.
अन्तर्मन
स्वीकारको यात्रामा
मुक्ति भेट्यो।

२८.
त्रास टुट्यो जब
आत्मा स्वतन्त्र भयो
शान्ति आयो।

२९.
अन्धकार बीच
सानो ज्योति बले
युग फेरियो।

३०.
जीवन साधना
अहंकार हराउँदा
आत्मा फुल्यो।

 

civil hospital
Hams Hospitals