सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ८८.९९ करोड, लाभांश क्षमता १३.१९%

261
shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६० करोड ६६ लाख ७१ हजार रुपैयाँको तुलनामा ४६.६९ प्रतिशतले बढी हो।

बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। गत असार मसान्तसम्म बैंकले २ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ७ करोड रुपैयाँको तुलनामा १६ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २५ करोड ७२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ तथा सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा सञ्चालन नाफा ८८ करोड ४४ लाख रुपैयाँ रहेको थियो।

बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको लाभांश क्षमता १३.१९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १०.३६ प्रतिशत थियो।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १० करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी (EPS) १७.०६ रुपैयाँबाट बढेर २३.८३ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ तथा मूल्य–आम्दानी अनुपात (P/E Ratio) १६.९५ गुणा रहेको छ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ। गत असार मसान्तसम्म ५६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ४ प्रतिशत (२ अर्ब २६ करोड रुपैयाँ) र कर्जा ७ प्रतिशत (३ अर्ब ५ करोड रुपैयाँ) ले वृद्धि भएको छ।

यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ। नाफा र आम्दानीमा उल्लेखनीय सुधार देखिए पनि बढ्दो खराब कर्जा आगामी दिनमा बैंकका लागि चुनौतीपूर्ण पक्षका रूपमा देखिएको छ।

civil hospital
Hams Hospitals