नेको इन्सोरेन्सका संस्थापकले १२ लाख कित्ता सेयर बिक्री गर्ने, विद्यमान संस्थापकलाई पहिलो प्राथमिकता

186
shares

काठमाडौं । नेको इन्सोरेन्स लिमिटेडका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्। सेयर बिक्रीसँगै सम्बन्धित संस्थापक सेयरधनीहरू कम्पनीबाट बाहिरिने तयारीमा रहेका हुन्।

कम्पनीका अनुसार संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने इच्छा व्यक्त गरेपछि सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ बमोजिम उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले भदौ ८ गतेभित्र (३५ दिनभित्र) आफूले खरिद गर्न चाहेको कित्ता संख्या र प्रतिकित्ता प्रस्तावित मूल्य उल्लेख गरी कम्पनीमा आवेदन दिनुपर्नेछ।

कम्पनीका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने छ।

civil hospital
Hams Hospitals