घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसक्यो : प्रधानमन्त्री

303
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनालाई लिएर देशवासीको नाममा सम्बोधन गरेका छन्।

बिहीबार सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिए । उनले स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न पिडित पक्षसँग सम्बाद गर्ने र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगेको बताए ।

 

‘स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न पिडित पक्षसँग सम्बाद गर्ने र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगी सक्नुभएको छ,’ उनले भने, ‘यसैगरी, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयहरू गरिएको छ ।’

उनले देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयहरू गरिएको बताए ।

civil hospital
Hams Hospitals