भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासु र दुई लेखापढी व्यवसायी घुससहित पक्राउ
वि.सं.२०८३ साउन १६ शनिवार
333
shares
shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि प्रशासन कार्यालय, लगनखेल (ललितपुर) का तीन नायब सुब्बा (नासु) र दुई लेखापढी व्यवसायीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन्।
आयोगका अनुसार शुक्रबार ललितपुर महानगरपालिका–४ स्थित एक होटलमा विशेष निगरानीसहित सञ्चालन गरिएको ‘स्टिङ अपरेशन’का क्रममा उनीहरू सेवाग्राहीबाट घुस रकम लिइरहेको अवस्थामा पक्राउ परेका हुन्।
अख्तियारले उनीहरूको साथबाट घुसबापत लिइएको ३ लाख रुपैयाँ तथा स्रोत खुलाउन नसकिएको थप २४ हजार ८९० रुपैयाँ गरी कुल ३ लाख २४ हजार ८९० रुपैयाँ बरामद गरेको जनाएको छ।




























