प्रचण्डको आक्रोश: “स्थिरता कहिले?” भन्ने प्रश्नको जवाफ– “मरेपछि!”

396
shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक सहकार्य र स्थिरताबारे पत्रकारले गरेको प्रश्नमा आक्रोशित बनेका छन्। एक विचार गोष्ठीमा सहभागी हुन जाने क्रममा लगातार प्रश्न सोधिरहेका पत्रकारलाई उनले अन्ततः उत्तेजित हुँदै “मरेपछि!” भन्ने छोटो तर विवादास्पद जवाफ दिएका हुन्।

सुरुमा कांग्रेस, एमालेलगायत विभिन्न दलसँग भइरहेको सहकार्यबारे सामान्य प्रतिक्रिया दिएका प्रचण्डले राजनीतिक स्थिरताबारे पुनः प्रश्न दोहोरिएपछि असन्तुष्टि व्यक्त गरे। हलभित्र प्रवेश गरिसकेपछि पनि पत्रकारले “तपाईंको स्थिरता कहिले हुन्छ?” भनेर प्रश्न गरेपछि प्रचण्ड अचानक पछाडि फर्किएर आक्रोशपूर्ण शैलीमा “मरेपछि!” भने।

घटनापछि उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। धेरैले सार्वजनिक पदमा रहिसकेका नेताले पत्रकारको प्रश्नप्रति संयमित र शिष्ट व्यवहार गर्नुपर्ने टिप्पणी गरेका छन् भने समर्थकहरूले लगातार पछ्याएर प्रश्न गर्दा यस्तो प्रतिक्रिया आएको हुन सक्ने बताएका छन्। घटना अहिले राजनीतिक तथा सामाजिक वृत्तमा चर्चाको विषय बनेको छ।

civil hospital
Hams Hospitals