सार्वजनिक काममा सरकार र नागरिककै बेवास्ता, फजुल खर्च गर्ने, राज्यलाई कर नतिर्ने !

240
shares

तीज आउनका लागि एक महिना बाँकीभन्दा बढी समय बाँकी छ । आउँदो भदौ २९ गते तीज परेको छ । तर, अहिलेदेखि नै तीजको दर खान थालिसकिएको छ । समूह बनाएर दिनहुँ आलैपालो एकअर्काको घरमा र पार्टी प्यालेसमा तीजको कार्यक्रम आयोजना गरेको पाइन्छ । तीजका गीतहरु बजारमा सार्वजनिक भइसकेका छन् ।

कतिपय कलाकारले भड्कियो गीत पनि ल्याएका छन् । कति अहिले रेकर्डिङको क्रममा छ । हुन त पछिल्लो समय उग्र खर्च स्वाभाविकै भइसकेको छ । देखासिकी गरेर अनावश्यक खर्च गर्न थालिएको छ । अहिलेदेखि नाँचेर समय र पैसा खेर फाल्नुभन्दा कुनै सार्वजनिक काम गरे, राज्यलाई कति फाइदा हुन्छ ?तीज नेपाली महिलाको महत्वपूर्ण चाड हो । तीज मनाउनुपर्छ तर मनाउने बेला आएपछि । एक महिना अगाडिदेखि दर खानुपर्ने, नाँच्नुपर्ने जरुरत नै छैन । दर खान पछिल्लो समय लाखौं रुपैयाँ खर्च गरिन्छ । त्यो रकम सार्वजनिक काममा खर्च गरिदिने हो भने, देशभरका नागरिकले त्यसको प्रयोग गर्न पाउँछन् ।

राज्यले त्यहाँ अर्को खर्च गरिरहनुपरेन । त्यसो गरेमा एकातिर सार्वजनिक काम पनि हुन्छ, अर्कोतिर खाएर र नाँचेर खेर जाने पैसाको सदुपयोग पनि । तर, पछिल्लो समय यो सोचाइ नेपालीमा भेटिन छोडेको छ । चाडपर्वको नाममा फजुल खर्च गर्ने क्रम बढेको छ । जसले समाजमा बेतिथि निम्त्यिाएको छ ।एक्काइँसौं शताब्दीमा पनि माताको नाममा बुधबार र शनिबार खेर फाल्ने, हरियो लुगा लगाएर चटक देखाउने, पैसा खेर फाल्ने क्रम जारी छ । सबैले धर्मप्रति आस्था राख्नुपर्छ, विश्वास गर्नुपर्छ तर अन्धविश्वास होइन । साताको दुई दिन कतिपय व्यक्तिहरुले माताको नाममा आफ्नो अमूल्य समय खेर फालिरहेका छन् ।

यता, माताको नाममा पनि मान्छेहरुले हजारौं रुपैयाँ खर्च गरिरहेका छन् । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा त्यत्रो सरकारी सम्पत्ति जलेको छ । यसरी बेतुकमा उडाउने पैसा पुनःनिर्माणमा खर्च गर्ने हो भने सडकबाट खरानी भएको संरचना त हेर्नुपर्दैनथ्यो । देश विदेशबाट आउने पर्यटकको सामुन्ने नेपाल लज्जित हुनुपर्दैनथ्यो ।सरकारी संरचना जलेको एक वर्ष हुनलाग्यो । तर, पुनःनिर्माण शुरु हुन सकेको छैन । ती संरचना निर्माणका लागि सरकारले कोष खडा गरेको छ । फजुल खर्च गर्ने पैसा त्यहाँ हाल्ने हो भने देश बन्दैन ? देश बनाउने हो भने पहिले नागरिक सचेत हुनुपर्छ । जुन देशका नागरिक सचेत छन्, त्यो देश बनेको छ ।

नागरिककै समन्वयमा धेरै देश उठेको छ । तर, नेपालीमा त्यो चेतना नै भएन । यो देश आफ्नो हो भनि कसैले सोचेन । सबै व्यक्तिगत स्वार्थ मात्र हेर्छन् । आर्थिक सहयोग गर्न नसक्नेलाई श्रमदानका निम्ति आह्वान गरौं । दिनभर नाँचेर, हल्लिएर खेर फाल्ने समयको सदुपयोग त हुन्थ्यो ।जसले जति सक्छ, त्यसले त्यति गर्छ । कसैले एउटा ईँट्टा बोक्ला, कसैले सिमेण्ट । कसैले सफा गर्ला । तर, ती संरचना त बन्छ । जलेको संरचना सबै हाम्रै हो । त्यो आफैंले पुनःनिर्माण गर्नुपर्छ, अरुले आएर बनाउँदैन । यसमा सरकारको पनि भूमिका रहन्छ । सरकारले पहिले त आह्वान गर्नुपर्यो ।

नागरिक, पेन्सनधारी, सरकारी कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी सबैलाई एक महिना काममा लगाऔं, ती संरचना पुरानै अवस्थामा फर्किन्छ । अहिले त साताको दुई दिन बिदा हुन्छ । त्यो बिदाको सदुपयोग गरौं । सबैलाई त्यहाँ काममा लगाऔं । अनि देश बन्छ कि बन्दैन ? देश बनाउने आफैंले हो ।राज्यको ढुकुटीमा पैसा नहोला तर जनता त छन् । सबै नेपाली नागरिकबाट एक सयको दरले पैसा उठाउने हो भने भवन पुनःनिर्माण हुन्छ कि हुँदैन ? देश बनाउन योजना चाहिन्छ । तर, यो सरकार पनि योजनाविहिन देखिएको छ । सरकारले जनतालाई सार्वजनिक काम गर्न सिकाउनुपर्यो ।

यो देश सम्पूर्ण नेपालीको हो । त्यसैले यो देश बनाउने पनि नेपालीकै दायित्व हो । सडकबाट आवतजावत गर्दा सडक विभाग, सिंहदरबार, अदालत, नेपाल नागरिक उडड्यन प्राधिकरण जलेर छोपेर राखेको देखिन्छ । त्यो कहिले बन्ने हो अत्तोपत्तो छैन । अनि जनता भन्छन्, सरकारले केही गरेन ।सरकारले कहाँबाट ल्याएर गरोस् ? राज्यको ढुकुटीमा पैसा पनि हुनुपर्यो । जनता कर नतिर्ने, जनप्रतिनिधि, सरकारी कर्मचारी सेवासुविधा नछोड्ने । अब भनौं–कसलाई छ यहाँ देशको माया । सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढायो । महँगी भत्ता पाँच हजार यथावत् राख्यो ।

कसैले अहिले तलब र पेन्सन नबढाऔं, जलेका सरकारी सम्पत्ति बनाऔं भने ? कसैले भनेनन् । यो देशले नेपालीलाई बस्ने बास दियो । धेरैलाई कहाँबाट कहाँ पुर्यायो । तर, यो देशका लागि कसले के सोच्यो ? अझैपनि आफूलाई नेपाली भन्न लाज लाग्नुपर्दैन ? जतिबेला पनि देशले के दियो भन्ने होइन, आफूले देशलाई के दिए ? भन्ने हो ।

यो देश छ त हामी छौं । भोलि देश नै रहेन भने मन्दिर गएपनि, माताकहाँ गएपनि के अर्थ रह्यो ? सार्वजनिक संरचना जल्नेबित्तिकै सरकारले योजना बनाएर श्रमदानका लागि आह्वान गर्नुपर्थ्यो । त्यसो गरेको भए, अहिलेसम्म ती संरचना पुनःनिर्माण भइसक्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा जेल पर्दा आफूलाई राजनीतिक प्रतिशोध साँधेको बताए ।

हस्ताक्षर अभियान चलाए । पैसा पनि उठाए, नागरिकको मत पनि । सरकारसँग त रवि जतिपनि योजना भएन । भाटभटेनी साहु मीनबहादुर गुरुङ्गले जलेको भाटभटेनी बनाइसके । तर, राज्यले जलेको संरचना बनाउन सकेन । राज्यले गर्न नसकेको काम व्यक्तिले गरेको छ ।सेना व्यारेकभित्र बसेका छन् । पेन्सनधारी कर्मचारी अन्यत्र जागिर खान गएका छन् । नागरिकलाई नाँचेर र घुमेर भ्याइनभ्याइ छ । यसरी चल्दैन । तिनको विवेक र बल सरकारले प्रयोग गर्न सक्नुपर्यो । किन कि, एकतामै बल हुन्छ । नेपाली नागरिक एकजुट हुने हो भने यो देश बन्न समय लाग्दैन ।

यहाँ राज्यभन्दा व्यक्ति धनी छन् । तैपनि, राज्यलाई कोही केही दिन जाँदैन । विदेशी मुलुकमा एक सेकेण्डको पनि अत्यन्तै महत्वपूर्ण छ । उनीहरुले एक सेकेण्डको पनि सदुपयोग गर्छन् । उत्पादनशील क्षेत्रमा आफ्नो ऊर्जा खर्च गर्छन् । नेपालको हकमा ठ्याक्कै उल्टो छ । युवा हल्लिँदै हिँडेका छन् ।नागरिक नेताभन्दा ठूला राजनीतिक गफ गर्छन् । नेताले केही गरेन भनि आरोप लगाउँछन् । यसरी देश बन्दै बन्दैन । देश बनाउनका लागि सबै एकजुट हुनुपर्छ । सबै यसमा स्पष्ट होऔं कि–यो देशको मुहार फेर्ने हामी आफैंले हो, अरु आउँदैनन् । पुराना नेताहरुले मात्रै यो अभियान चलाइदिने हो भने एकपछि अर्को गर्दै सबै नागरिक जान्छन् ।

रातारात सरकारी भवन पुरानै अवस्थामा फर्किन्छ । सामान्य मान्छेले यहाँ श्रमदानमार्फत ठूल्ठूला काम गरेको उदाहरण छ । विदेशी ऋण ल्याएर भवन पुनःनिर्माण गर्छु भनि बालेन सरकारले नसोचोस् । श्रमदानमार्फत बनाउनतिर लागोस् । प्रधानमन्त्रीबाटै शुरु हुने हो भने अरु जनता आफैं आइहाल्छन् ।

civil hospital
Hams Hospitals