सामान्य प्रशासन मन्त्रालयमा जलेको भनिएका एसीबारे मुचुल्का र तथ्य फरक
वि.सं.२०८३ साउन १३ बुधवार
shares
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जेनजी आन्दोलनमा आगलागीबाट क्षति भएको भनिएका सामग्रीबारे फरक तथ्य फेला परेको छ । उपलब्ध अभिलेखअनुसार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरले मन्त्रालयको कोठा नं. ५ मा २ टन क्षमताका एलजीका २ वटा एयर कन्डिसनर (एसी) जडान गरेको देखिन्छ। तर ती एसीहरूको स्वामित्व हस्तान्तरण तथा जिन्सी अभिलेख (PAMS) सम्बन्धी प्रक्रिया स्पष्ट देखिँदैन ।
यता सामान्य प्रशासन मन्त्रालयको अभिलेखमा भने सो कोठामा पहिले १ टन क्षमताको एउटा एसी रहेको जानकारी प्राप्त भएको छ । यदि यी अभिलेखहरू सही हुन् भने आगलागीमा कुन एसी क्षति भयो, कुन निकायको स्वामित्वमा थियो, र कुन आधारमा क्षतिको मुचुल्का तयार गरियो भन्ने विषयमा स्पष्टता छैन ।
यस विषयमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट जडान गरिएका एसीहरू विधिवत् PAMS प्रणालीमार्फत सामान्य प्रशासन मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो वा थिएन भन्ने तथ्य पनि छानबिनको महत्वपूर्ण विषय हुन सक्छ। यदि हस्तान्तरण नै नभएको अवस्था हो भने ती एसीलाई मन्त्रालयको क्षतिसूचीमा कसरी समावेश गरियो ? मन्त्रालयका एक सुब्बाले प्रश्न गरे ।
यस्ता विषयमा सम्बन्धित निकायका जिन्सी अभिलेख, PAMS विवरण, जडान तथा हस्तान्तरण कागजात, मुचुल्का, बीमा तथा क्षतिको मूल्याङ्कन प्रतिवेदनको स्वतन्त्र परीक्षण आवश्यक छ। यदि अभिलेख र वास्तविक अवस्था फरक देखिएमा त्यसको जिम्मेवारी निर्धारण गरी कानुनबमोजिम कारबाही हुनुपर्छ।
यस घटनाले सामान्य प्रशासन मन्त्रालय मात्र होइन, आगलागी, तोडफोड वा लुटपाटबाट प्रभावित अन्य मन्त्रालय, विभाग र सरकारी कार्यालयहरूमा तयार गरिएका क्षति विवरणहरूको पनि निष्पक्ष र वैज्ञानिक छानबिन आवश्यक रहेको प्रश्न उठाएको छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
३ डेस्कटप भएको शाखामा १० प्रिन्टर र १५ ल्यापटप जलेको मुचुल्का





























