‘लिजेन्ड एल क्लासिको’ भिड्न्तमा रियलसँग बार्सिलोना पराजित
वि.सं.२०७८ साउन ६ बुधवार
shares
एजेन्सी। बार्सिलोनाका पूर्वखेलाडीको टिम र रियल मड्रिडका पूर्व खेलाडीबीच भएकाे ‘लिजेन्ड एल क्लासिको’ भिडन्तमा रियलसँग बार्सिलोना पराजित भएकाे छ।

मंगलबाबार राति भएको सन् १९९०–२००० बीचका खेलाडीबीचको उक्त एल क्लासिकोमा बार्सिलोनामाथि रियलले ३–२ गोलको जीत दर्ता गरेको छ ।
इजरायलस्थित तेल अभिभमा भएको खेलमा २५ हजार दर्शकबीच ४०–४० मिनेट गरेर ८० मिनेटको खेल खेलाइएको थियो ।

बार्सिलोनाका लागि खेलको २८औं मिनेटमा पेनाल्टीमार्फत रोनाल्डिन्होले गोल गरेका थिए ।
त्यस्तै खेलमा दुई मिनेटको अन्तरमा रियलका पेड्रो मुनिटिस र अल्फोन्सो पेरेजले गोल गरे ।

४२औं मिनेटमा मुनिटिस र ४४औँं मिनेटमा पेरेजले गोल गर्दै रियललाई अग्रता दिलाए ।
५९औं मिनेटमा माटेउले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए। तर खेलकाे ७०औं मिनेटमा डिला रेडले गोल गर्दै रियललाई ३-२ काे जित निकाले।

































