ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

5.4K
shares
Nabil bank

 

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा लन्च कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ।

कार्यक्रम १२ भदौ २०८३ (२८ अगस्ट २०२६) का दिन द एभरेस्ट होटल, बानेश्वर, काठमाडौंमा आयोजना हुने फाउन्डेसनले जनाएको छ ।

‘संस्कृतिहरूलाई जोड्दै, समुदायलाई प्रेरित गर्दै, विश्वव्यापी अवसर सिर्जना गर्दै’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच सांस्कृतिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको छ।

फाउन्डेसनले विभिन्न देश, समुदाय, संस्था, पेशागत क्षेत्र तथा व्यक्तिहरूलाई एउटै साझा मञ्चमा जोड्दै सांस्कृतिक आदान–प्रदान, सामुदायिक सहभागिता, शिक्षा, पर्यटन प्रवद्र्धन, व्यावसायिक सहकार्य, सामाजिक विकास तथा अन्तर्राष्ट्रिय साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, व्यवसायी, शिक्षाविद्, पर्यटन तथा संस्कृति क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक संघ–संस्था, पेशागत व्यक्तित्व, युवा तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकको भनाइ छ ।

कार्यक्रममा फाउन्डेसनको उद्देश्य, भावी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना, संस्थागत साझेदारी तथा समुदाय केन्द्रित विभिन्न पहलहरूबारे जानकारी प्रस्तुत गरिनेछ।

कार्यक्रममा औपचारिक शुभारम्भ, स्वागत मन्तव्य, प्रमुख अतिथिको सम्बोधन, विशेष मन्तव्य, अन्तरक्रिया, नेटवर्किङ, साझेदारी सम्बन्धी छलफल तथा लन्च कार्यक्रम लगायतका गतिविधि रहनेछन्।

फाउन्डेसनले सांस्कृतिक विविधताको सम्मान, आपसी समझदारीको विकास, ज्ञान तथा अनुभवको आदान–प्रदान र स्थानीयदेखि विश्वव्यापी तहसम्म नयाँ अवसरहरूको सिर्जनालाई आफ्नो प्राथमिकतामा राखेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x