९ वर्षीय सुप्रितको जीवन बचाउन सहयोगको अपिल
वि.सं.२०८३ साउन २७ बुधवार
shares
काठमाडौं । धादिङका ९ वर्षीय बालक सुप्रित थापा मगर ब्लड क्यान्सरबाट पीडित भई जीवनसँग संघर्ष गरिरहेका छन्। उनलाई B-Cell Acute Lymphoblastic Leukemia (B-Cell ALL) भएको छ।
२ वर्ष ६ महिनाको उमेरदेखि नै यो जटिल रोगसँग संघर्ष गर्दै आएका सुप्रित अहिले काठमाडौंस्थित सिभिल सर्भिस अस्पतालमा उपचाररत छन्। चिकित्सकका अनुसार उनको जीवन बचाउन तत्काल Bone Marrow Transplant (अस्थिमज्जा प्रत्यारोपण) गर्नुपर्ने अवस्था आएको छ।
तर अस्थिमज्जा प्रत्यारोपणका लागि आवश्यक ठूलो रकम जुटाउन परिवारलाई कठिन भएको छ। आर्थिक अभावकै कारण उपचारमा समस्या नहोस् र एउटा ९ वर्षीय बालकले जीवनसँगको लडाइँ जित्न सकोस् भन्ने उद्देश्यले परिवारले सहयोगको अपिल गरेको छ।
सुप्रितको उपचारका लागि गरिने सानोभन्दा सानो आर्थिक सहयोग पनि परिवारका लागि ठूलो सहारा बन्न सक्छ। आर्थिक सहयोग गर्न नसक्नेहरूले सामाजिक सञ्जालमार्फत अभियानको अपिल शेयर गरेर सहयोगी मन भएका व्यक्तिसम्म सूचना पुर्याउन सक्ने परिवारले जनाएको छ।
सहयोगका लागि बैंक विवरण :
खाताको नाम: Suprit Thapa Magar
बैंक: Prabhu Bank
शाखा: Mahadevbesi
खाता नं.: 0510218356900019
सम्पर्क: 9808630299, 9860986162



























